रित गौतमको शतकको मद्दतमा नेपालले मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ३ सय २७ रनको ठूलो लक्ष्य दिएको छ।
क्वालालम्पुरस्थित किनरा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २६ रन बनायो।
नेपालका लागि ओपनर रितले अविजित १ सय १५ रनको उत्कृष्ट शतकीय पारी खेले। सम्हालिएर खेलेका रितले १ सय ३७ बलको सामना गर्दै १० चौका र १ छक्का प्रहार गरे।
पहिलो विकेटका लागि रित र पवन सर्राफबीच ९२ रनको साझेदारी भएको थियो। १५औं ओभरको चौथो बलमा भिनित मेहताले पवनलाई भिदान्त छिन्चोल्करको हातबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए।
पवनले ४१ बल खेल्दै ४५ रन जोडे। उनले १० चौका प्रहार गरे। दोस्रो विकेटका लागि रितले खडकबहादुर बोहरासँग १ सय ३१ रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफल तर्फ अघि बढाएका थिए।
३९.१ ओभरमा प्रनव सुदर्शनबाट एलबिडब्लुको सिकार हुनुअघि उनले ९० बलमा १२ चौकासहित ९० रन जोडे। खड्कको यो डेब्यू खेल समेत हो।
नेपालले यू-१६ टोलीका कप्तान समेत रहेका विशाल विक्रम केसीलाई १ र यू-१९ का कप्तान रोहितकुमार पौडेललाई भने ७ रनमै गुमाएको थगियो।
तर, कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै नेपालको रन ३ सय रन पार गराएका थिए। कुशलले २३ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।
पाँचौं विकेटका लागि ४२ बलमा कुशल र रितबीच ८२ रनको साझेदारी समेत भएको थियो।
सिंगापुरका प्रनव सुदर्शन र विनित मेहराले २-२ विकेट लिए।
यस खेलमा जित हात पारे नेपाल समूह एको विजेता बन्नेछ। यसअघि पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो।
समूह एबाट नेपाल र सिंगापुर दुबै सेमिफाइनलमा पुगिसकेका छन्।
जारी प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर र भुटानको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टोलीले श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कपमा सहभागिता जनाउँनेछन्।
श्रीलंकामा अगष्ठ २८ देखि सेप्टेम्बर ८ सम्म एसिसी यू-१९ एसिया कप हुनेछ। उक्त प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई र कुवेत लगायतका देश सहभागिता जनाउँदै छन्।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित