‘गुठी विधेयकविरुद्धको आन्दोलनमा कांग्रेसको समर्थन छ’

असार २, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुले गुठी विधेयकविरुद्धको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् ।

dilendra-badu-praliment-

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद बडुले विधेयकविरुद्धको आन्दोलनमा कांग्रेसको पूर्ण समर्थन रहेको बताएका हुुन् ।

गुठी विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्दै संसदमा उनले भने, ‘गुठी विधेयकको विरोधमा सडकमा स्वस्फूर्त रुपमा चलिरहेको अत्यन्त जायज आन्दोलनमा कांग्रेस ऐक्यबद्धता जनाउन चाहन्छ र समर्थन गर्दछ ।’

नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृतिक, सामाजिक मूल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको दाबी गर्दै उनले गुठी विधेयकबारे संवादबाट समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

‘सरकारले दमनको बाटो होइन वार्ता र संवादबाट समाधान खोजोस्’ उनले भने, ‘सरकारले गुठी विधेयक फिर्ता गर्नुपर्छ’, सांसद बडुले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा