छोराको नाम येस्तो राखे पछि आमाबाबुलाई पाँच वर्ष जेल सजाए !

Image result for parents get caught after naming their son adolf hitler

 सुन्दा अच्चम लाग्न सक्छ छोराको नाम राख्दा जेल जानुपर्ने भन्दा । तर ब्रिटिस अदालतले एक उग्र दक्षिणपन्थी समूहका सदस्यहरुलाई जेल सजाय भएकाे छ । सजाय दिइएका मध्य एक जोडीले आफ्नो छोराको बीचको नाम एडोल्फ हिटलरको नामबाट ‘एडोल्फ’ राखेका थिए ।

बिरमिनघम क्राउन कोर्टका न्यायाधीश मेलबर्न इनम्यानले ती जोडीमध्य एडम थोमसलाई साढे ६ वर्ष जेल सजायँ सुनाए । भने उनकी पोर्तुगाली प्रेमिका क्लाउडिया पाटाटासलाई पाँच वर्ष ।

२२ वर्षे थोमस र ३८ वर्षे पटाटास नव–नाजिवादी नेशनल एक्सनको सदस्यताको कारण मंगलबार सजाय पाउने ६ मध्य दुई व्यक्ति हुन् । उक्त संगठन सन् २०१६ मा बेलायतको आतंकवादी विरोधी कानुन अन्तर्गत प्रतिबन्धित पहिलो उग्र–दक्षिणपन्थी समुह भएको थियो ।

फैसलामा इनम्यानले समुहलाई ‘डरलाग्दो’ उद्देश्य भएको समुह भनेका छन् ।“नेसनल एक्सन गम्भिर हिंसा र हत्यामार्फत नाजिहरुको जस्तो राज्य स्थापना गरेर यो देशको लोकतन्त्र फाल्न चाहन्छ । यस्तो हिंसा र आम हत्याले समाजको सम्पूर्ण हिस्सालाई निर्मुल गर्छ ,”फैसलाको क्रममा इनम्यानले भने ।

इनम्यानले ती जोडिको ‘हिंसात्मक नश्लिय सोचको लामो इतिहास भएको’ बताए । नेसनल एक्सनका सदस्यता बापत सजाय पाउने अन्य सदस्यमा यी जोडीका नजिकको मित्र डेरेन फ्लेचर छन् । उनले नेसनल एक्सनसँगको आफ्नो सदस्यता स्वीकारे छन् । २८ वर्षे फ्लेचरले आफ्नी छोरीलाई नाजीहरुले गर्ने स्यालुट सिकाएका थिए ।

उनलाई ५ वर्षको जेल सजाय दिइएको छ । त्यस्तै सजाय पाउने अन्य सदस्यमा २७ वर्षे ड्यानियल बोगुनोभिक छन् । उनलाई ६ वर्ष ४ महिनाको सजाय दिइएको छ । दुई अन्य व्यक्तिमा २४ वर्षका साइबर सुरक्षा श्रमिक जोइल विलमोर र भ्यान ड्राइभर २६ वर्षे नथन प्रिक छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि