June 1, 2019

 पुनः अमेरिकाको भर्निजियामा बन्दुक आक्रमण १२ को मृत्यु 

जेठ १८, बीबीसी । अमेरिकाको भर्जिनिया राज्यमा रहेको भर्जिनियाँ बीच सहरको एक सरकारी भवन अन्धाधुन्ध बन्दुक आक्रमण भएको छ । हालसम्म प्राप्त भएको जानकारी अनुसार घटनामा कम्तिमा १२ मानिसको मृत्यु भएको छ र ६ घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार बन्दुक आक्रमण भर्जिनियाको एक सरकारी भवनमा भएको थियो । 

स्थानीय प्रहरीका अनुसार संदिग्ध आक्रमणकारी भर्जिनिया बीच म्युनिसिपल सेन्टरका कर्मचारी हो र उसले आफ्नै कार्यस्थलमा अन्धाधुन्ध गोलीबारी गरेको थियो । 

हालसम्म आक्रमणकारी पहिचान सार्वजनिक गरिएको छैन तथापी प्रहरीले उक्त व्यक्तिको पनि मृत्यु भइसकेको जानकारी दिएको छ । 

भर्जिनिया बीचका मेयर बबी डायरले घटनालाई शहरको इतिहासको सबैभन्दा ‘त्रासदीपूर्ण दिन’ बताए । 

अमेरिकामा हुने बन्दुक आक्रमणको लेखाजोखा राख्ने बेवसाइट ‘गन भ्वाइलेन्स अर्काइव’का अनुसार भर्जिनियाँ बीचमा भएको बन्दुक आक्रमण अमेरिकामा यो वर्ष भएको १५० औं घटना हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत