May 31, 2019

ओली–मोदीबीच २० मिनेट भेटघाट हुँदै,यस्तो कार्यतालिका

जेठ १७,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर आज दुई पक्षीय वार्ता गर्दैछन् । प्रधानमन्त्री ओली र मोदीको भेटघाटको समय आज बिहान स्थानीय समय अनुसार ११ः३० बजे (नेपाली समय पौने १२ बजे) को लागि तोकिएको छ ।  बिहीबार साँझ भारतको राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्र वा सरकार प्रमुख, किर्गिस्तानका राष्ट्रपति र मौरिससका प्रधानमन्त्री समेतका विदेशी अतिथी सामेल थिए ।

ओली–मोदीबीच २० मिनेट भेटघाट हुँदै,यस्तो कार्यतालिका 

सबै प्रतिनिधिमण्डलसँग विहीबारको शपथग्रहण सकिएपछि भारतका राष्ट्रपति सहितको सामूहिक तस्विर खिचाउने काम भएको थियो । प्रधानमन्त्री ओली राष्ट्रपति निवासमै आयोजित रात्रिभोजमा सामेल भएका थिए ।

बिहीबारको शपथग्रहण समारोहमा प्रधानमन्त्री मोदी, मन्त्री  र राज्यमन्त्रीसहित ५८ जनाले शपथ लिएका थिए । उनीहरुको कार्यविभागन भने गरिएको छैन । बिहीबार राति ९ बजे भारतका राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजलगत्तै भारतका प्रधानमन्त्री मोदीले सवा १० बजे किर्गिस्तानका राष्ट्रपति सुरुनबे जीनवेकोभसँग दुई पक्षीय भेट वार्ता गरेका थिए ।

मोदी आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अन्तर्गत संघाइ कोअपरेसन अर्गनाइजेसनको सम्मेलनमा भाग लिन दुई साताभित्रै किर्गिस्तान जाँदैछन् । सो संगठनको सम्मेलन जुन १३ र १४मा हुँदैछ । आज नेपालका प्रधानमन्त्रीसँगको दुई पक्षीय वार्ता गर्नुअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुरुमा १०ः३० बजे बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, १०ः५० बजे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, ११ः१० बजे मौरिससका प्रधानमन्त्री प्रभिन्दकुमार जुग्नाउथले भेट गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री ओलीसँग ११ः३० बजे भेटघाट हुँदैछ भने नेपालका प्रधानमन्त्रीसँगको भेटघाटपछि मोदीले ११ः५० बजे भुटानका प्रधानमन्त्री लोटे छिरिङसँग भेट गर्नेछन् । सबैसँगको भेटघाटको समयसीमा भारतको विदेशमन्त्रालयले २० मिनेटका दरले कायम गरेको पाइएको छ । प्रधानमन्त्री ओली आज अपरान्ह स्वेदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति