चितवन अन्तराष्ट्रिय रंगशालामा डोजर चलाउने पक्राउ

चितवन, १६ जेष्ठ : चितवनको रामपुरमा निर्माणधिन अन्तर्राष्ट्रिय रंगशालामा लगाइएको अस्थायी बार अराजक समुहले भत्काएपछि रंगशाला निर्माणको काम रोकिएको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले बार भत्काएपछि असुरक्षित महसुस गरेर निर्माणको काम रोकिएको जनाएको छ । फाउण्डेसनले विज्ञप्ती जारी गर्दै तत्काललाई काम रोकिएको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले वताएका हुन् ।

रंगशालाको सुरक्षाको लागि लगाइएको बार मंगलबार केहि व्यक्तीहरुले डोजर लगाएर भत्काएका थिए । उक्त घटना पश्चात् धुर्मुस् सुन्तली फाउण्डेसनले काम गर्ने वातावरण नभएको, कर्मचारीको जिउ ज्यान र भौतिक सम्पत्तीको सुरक्षा नभएको भन्दै रंगशाला निर्माणको काम तत्कालको लागि स्थगित गरेको हो । घटनाको भत्सर्ना गर्दै तत्कालको लागि काम स्थगित गरेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

काम गर्ने वातावरण नभएसम्म रंगशालाको काम स्थगित रहने उनले जनाएका छन् । घटनामा सलग्न रहेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेकोे छ । घटनाका मुख्य आरोपित प्रकास कडेंल रहेको स्थानीयको भनाई छ । सोही आधारमा कडेंललाई बुधबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । भरतपुर १५ रामपुरमा करिव ३ अर्व रुपैयाको लागतमा २० विगाहा ६ कठ्ठा क्षेत्रफलमा गौतम वुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति