May 2, 2019

नेपाल हिरो अफ ट्यालेन्ट’ हुँदै, विजेतालाई ७० लाख

 बैशाख १९
‘नेपाल हिरो अफ ट्यालेन्ट’ हुँदै, विजेतालाई ७० लाख

काठमाडौं । ‘नेपाल हिरो अफ ट्यालेन्ट’ शो हुने भएको छ । शोमा प्रतिस्पर्धीले आफूमा भएको गायन, नृत्य तथा अन्य प्रतिभा प्रस्तुत गर्न सक्नेछन् ।

एञ्जल मिडिया प्रा.लिले आयोजना गर्न लागेको ‘नेपाल हिरो अफ ट्यालेन्ट’ शोमा जुन सुकै उमेर समूका व्यक्ति सहभागी हुन सक्ने छन् ।

चैत २५ गते झापाबाट सुरु भएको अडिसन नेपालगञ्जमा वैशाख २२, पोखरामा वैशाख २८ र २९ गते, काठमाडौमा जेठ ५, ६ र ७ गते, धादिङवेसी वैशाख ३१ र जेठ १ गते, दाङमा वैशाख २५, बुटवल जेठ १६ र १७, धनगढी जेठ २२, धनगढी जेठ २५ गते हुनेछ ।

अडिसनमा महिला र पुरुष दुबैले सहभागी हुन पाउने छन् । सुरुमा निर्णायकले निर्णय गर्नेछन् भने टप–२०बाट भोटिङ सुरु हुनेछ । शोमा निर्णायकका रुपमा आनन्द कार्की, ओमप्रकाश राई र एलिना बास्कोटा रहने छन् ।

टप १० मा पुगेकालाई विश्व भ्रमणको अवसर दिइने आयोजकले जानकारी दिएको छ । विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २० लाख र तेस्रोले १० लाख रुपैयाँ हात पार्ने आयोजक एञ्जल मिडियाका प्रवन्धक प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं