बालुवाटार प्रकरणमा शेरबहादुर देउवा नै दोषी भएपनि सजाय हुनुपर्छ : कांग्रेस नेता

शाख १७, संखुवासभा : नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा कब्जा गर्ने जोकोहीमाथि छानविन गर्नुपर्ने बताएका छन् ।

मंगलबार संखुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै नेता प्रकाशमानले सरकारी जग्गा अतिक्रमण गर्ने जोसुकैलाई कारवाही गर्नुपर्ने बताएका हुन् ।

‘बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै सभापति शेरबहादुर देउवा नै दोषी भएपनि कारबाही हुनुपर्छ । जुनसुकै पार्टीका नेता कार्यकर्ता भएपनि सरकारी जग्गा हडप्न खोज्नेलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउनुपर्छ । सजाय दिनुपर्छ’, उनले भने ।

यस्तै उनले अहिलेका सरकार अधिनायकवाद र अराजकतातर्फ अघि बढेको पनि आरोप लगाए । सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको उनको भनाइ छ ।

नेता सिंहले सरकार संविधान अनुसार नचलेको पनि आरोप लगाए । उनले भने, ‘वर्तमान सरकारले सिंगो प्रस स्वतन्त्रताको खिल्ली उडाएको छ । समाचार लेखेकै भरमा पत्रकारहरु पक्राउ गर्ने र विभिन्न बाहानाबाजी बनाएर जेल हाली तर्साउने काम गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा