सगरमाथा सफाइ अभियानमा ४ जनाको शव भेटियो

 बैशाख १५,काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा सफाई अभियानका क्रममा ४ वटा शव पनि भेटिएको छ ।

सगरमाथा सफाई अभियान अर्न्तगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाईका क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी दिएको हो । बेस क्याम्प पुगेका सगरमाथा सफाई अभियानमा जुटेको टोलीले सफाईको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । 

वैशाख १ गतेबाट सुरू गरिएको सफाई अभियान हाल सगरमाथाको बेस क्याम्पमा पुगेको छ । नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले गत वैशाख १ गतेबाट सगरमाथा सफाई अभियान सुरु गरेको हो । 

अभियान अन्तरगत हालसम्म ३ हजार केजी फोहोर संकलन गरिएको र त्यसमध्ये करिव १ हजार केजी फोहोर हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको पनि आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

अभियानले ४५ दिनभित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्यका साथ कामलाई अघि बढाएको छ । सफाई अभियानमा १२ जना जनशक्ति परिचालन गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि करिव २ करोड ३२ लाख १६ हजार लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा