प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीच मंगलबार वार्ता हुँदै

बैशाख १०, काठमाडौं : हिन्दू राष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग राख्दै सडक संघर्षमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीच मंगलबार वार्ता हुँदैछ ।

आइतबार कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले राप्रपा अध्यक्ष कमल थापालाई पत्र पठाउँदै आज वार्ताका लागि बोलाएका हुन् ।

वार्ता आज दिउँसो १ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा हुने सरकारले जनाएको छ। सरकारका तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले राप्रपासँग वार्ता गर्नेछन्।

गत फागुन ७ गते सरकारसमक्ष हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह लगायतका २२ बुँदे मागपत्र पेस गरेको राप्रपाले सरकारले मागको बेवास्ता गरेको भन्दै गत शुक्रबार धर्म निरपेक्षेताको ब्यानर जलाएर प्रदर्शन समेत गरेको थियो ।

सरकारलाई २२ बुँदे माग पत्र बुझाउँदै मेची महाकाली यात्रा समेत सम्पन्न गरी सडक संघर्षमा रहेको राप्रपाका पक्षमा जनमत बढ्दै गएपछि सरकारले वार्तामा बोलाएको हो ।

राप्रपाले सोमबार सरकारसँग वार्ता गर्नका लागि वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समतिमा बोहरासहित महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देन र नेता निरन्जन थापा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी