नवलपरासी, १२ चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इन्चार्जसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी जिल्ला इन्चार्ज सुमन उपनामका गंगा ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनिया छन् । दुवै जनालाई गएराति पक्राउ गरिएको हो ।
बर्दघाट नगरपालिका ४ घर भएका ज्ञवाली परिवारलाई भेट्न आउने क्रममा राति ८ बजे घर नजिकैबाट पक्राउ परेका हुन् । पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

त्यसै गरी पूर्वी नवलपरासी कावासोती नगरपालिका १५ शेरगञ्जका मर्दनियालाई घरबाटै पक्राउ गरिएको हो । उनलाई नवलपुर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले विप्लव नेतृत्वका जिल्ला स्तरका नेता, सक्रिय कार्यकर्ताको खोजी तीब्र बनाएपछि उनीहरू भूमिगत छन् । यसअघि प्रहरीले बर्दघाट इन्चार्ज गणेश ढकाललाई पक्राउ गरेर मुद्दा चलाएको छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा