सन्दीपको आज आइपिएलमा डेब्यू सम्भावना

काठमाडौं, चैत १० : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यू गर्ने सम्भावना रहेको छ।

गत वर्ष दिल्ली डेयरडेभिल्स (हालको दिल्ली क्यापिटल) मा आवद्ध सन्दीपलाई क्लबले रिटेन गरेसँगै उनी आज १२ औं संस्करणको आफ्नो पहिलो खेलमै डेब्यू गर्ने संभावना रहेको छ।

आईपीएलमा दोस्रो सहभागीता बिच सन्दीपले अधिकांश अन्तर्राष्ट्रिय क्रिकेट लिग खेलिसकेका छन्। करिब एक वर्षमा उनले ६ वटा देशमा टी-२० लिग र एउटा टी-१० लिगमा राम्रै छाप छोडेका छन्। यद्यपी कुनै पनि प्रतियोगितामा उनले पुरै खेल्न भने पाएनन्।

गत वर्ष आईपीएलमा भाग लिँदा अन्तर्राष्ट्रिय क्रिकेट प्रेमीका लागि अपरिचित अनुहार एक वर्षको अन्तरमै एकाएक चर्चाको शिखरमा पुगेका छन्।

एउटा एसोसिएट क्रिकेट राष्ट्रबाट उदाएको १८ वर्षे ठिटोका लागि यो भन्दा अरू सफलता के होला र?

अघिल्लो संस्करणमा टिमको प्लेइङ सेटमा पर्न १० औं खेलसम्म कुर्नु परेको सन्दीपका लागि यो संस्करणमा पहिलो खेलमै मौका पाउने सम्भावना बढेको छ।

पूर्व अष्ट्रेलियन क्रिकेटर तथा वर्तमान क्रिकेट विश्लेषक ब्र्याड हजले सन्दिप लामिछानेलाई दिल्ली क्यापिटल्सको एक्स-फ्याक्टर खेलाडीको रूपमा औल्याएका छन्।

क्रिकेट साइट, इएसपिएन क्रिकिन्फोसँगको कुरा गर्दै हजले सन्दीपको तारिफ गर्दै यो सिजन दिल्लीका लागि सन्दीपले राम्रो नतिजा निकाल्न महत्वपूर्ण योगदान दिनसक्ने समेत बताए।

क्रिक इन्फोले सन्दीपलाई आइतबार हुने मुम्बई इन्डिएन्स बिरूद्धको खेलमा दिल्ली क्यापिटल्सको सुरुवाती-११ मा समेत राखेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।