March 3, 2019

नेकपाले रविन्द्र र भरतमोहनको एकै दिन श्रद्धाञ्जलि सभा गर्ने

 

काठमाडौं, १९ फागुन । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा)ले पूर्वमन्त्री एवम् नेता भरतमोहन अधिकारीको निधनमा शोक मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले अधिकारीको शोकमा तीन दिनसम्म पार्टी कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

सचिवालय बैठकले नेता अधिकारीको सम्मानमा पार्टी कार्यलयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको नेकपाले जनाएको छ ।

‘सबै पार्टी कार्यालयहरूमा तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय भएको छ’, नेकपाले भनेको छ, ‘२३ गते रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको सम्मानमा श्रद्धाञ्जलि सभा आयोजना गर्ने निर्णय भएको छ ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको गत बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

पूर्वमन्त्री भरतमोहन अधिकारीको शनिबार राति उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि