मन्त्री अधिकारी हेलिकोप्टर दुर्घटना परेलगत्तै प्रधानमन्त्रीले सबैलाई किन बोलाए बालुवाटार ?

 

फाल्गुन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पा चढेको एयर डाइनेस्टिको हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएपछि दुर्घटनामा परेको खबर प्राप्त भएको हो।

ए.एम.आई अल्फा माइक इन्डिया कल साइनको हेलिकप्टर दुर्घटनामा परेको हो । गृहसचिव प्रेमकुमार राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको पुष्टी गरे । ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा दर्शन गरेर तेह्रथुमको आठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न जाने क्रममा मन्त्री अधिकारीसहितको टोली दुर्घटनामा परेको हो ।

क्याप्टेन प्रभाकर केसीको कमाण्डमा रहेको हेलिकप्टरमा मन्त्रीसहित आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, वीरेन्द्रदास बजिमय र अर्जुनकुमार घिमिरे सवार थिए ।

आठराई गाउँपालिको चुहानडाँडा नजिकै ठूलो आवाज सहित धुँवाको मुस्लो देखिएको उपप्रमुख रुपा कन्दङ्वाले जानकारी दिए । घटनास्थल तर्फ प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर खोज्न प्रहरी टोली परिचालन गरिएको छ ।नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले एयर डाइनेष्टीको हेलिकप्टर खोजी गर्न सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।

प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’

हेलिकप्टर दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुका अनुसार हेलिकप्टर टुक्रा-टुक्रा भएको र ५ वटा शव जलिरहेको अवस्थामा रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगिसेकेका छन् ।

‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ,’ उनले टेलिफोनमा भने, ‘प्रहरी आइपुगेको छैन। हामीले जीवित व्यक्ति भेटेका छैनौं। ५ वटा लाश जलिरहेको अवस्थामा छ।’

घटनास्थलमा पुगेका ठूलो फेदी स्वास्थ्य केन्द्रका इन्चार्ज उमानाथ पौडेलले अहिलेसम्म ५ वटा शव फेला परेको बताए। उनले भने, ‘पाथीभरा मन्दिरबाट उडेको १ मिनेटमा सिस्ने खोला तारेभीरको चुच्चोमा हेलिकप्टर खसेर दुर्घटना भएको हो।’

बुधबार बिहानसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको थियो । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको थियो ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताएका छन्। राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा सचिव राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको जानकारी दिए।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए।हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।

ताप्लेजुङका डिएसपी सञ्जयसिंह थापासहितको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। विस्तृत विवरण भने आउन बाँकी छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा