बिग ब्यास फाइनलमा सन्दीपको कसिलो बलिङ

 फाल्गुन ५,काठमाडौं  :  लेग स्पिनर सन्दीप लामिछानले विश्व चर्चित बिग ब्यासको फाइनल खेलमा मेलवर्न रेनेगड्सबीरुद्ध घातक बलिङ गरेका छन् ।

रेनेगड्सविरुद्ध ४ ओभरमा १६ रनमात्र खर्चे । सन्दीपको गुग्लीमा कुनै पनि ब्याट्समयान खुलेर खेल्न सकेनन् । घातक बलिङ गरेपनि विकेट भने सन्दीपले लिन सकेनन् ।

टस जितेर पहिला बलिङ राजेको मेलर्वनले सन्दीपलाई ७ औं ओभरमा बलिङ गर्न ल्याएको थियो । सन्दीपले आफ्नो ब्याक्तिगत पहिलो ओभरमा मात्र २ रन खर्चे । चार बल डट र एक एक रन दिए । सन्दीपले ९ औं ओभरमा र १ चौका,एक सिंग्ल र १ वाईका रुपमा मात्र ६ रन खर्चिए ।

१२ औं ओभरमा सन्दीपले ३ रन मात्र खर्चे । तीनै रन सिंगलका रुपमा दिदा भने अरु तीन बल डट गराए । सन्दीपले १५ औं ओभरमा ६ रन खर्चिदै यस सिजनको बिग ब्यास सकाए । रेनेगेड्सले यो समचार तयार पार्न सम्म १५ ओभरमा ५ विकेटको क्षतिमा ९१ रन बनाएको छ ।

यो सँगै सन्दीपले यस सिनजनको विग ब्यासमा ८ खेलमा ११ विकेट आफ्नो नाममा लेखाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।