अघि बढेको बिकासको रेललाई रोक्न खोज्नेलाई इतिहासले भित्तामा पुर्याउने: महेश बस्नेत

prachanda-mahesh-1-710x473

भक्तपुर, फागुन ४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले देशमा विकासको रेल अघि बढिसकेकाले विकासे रेललाई कसैले रोक्ने प्रयास गरे इतिहासमा समेटिने चेतावनी दिनुभएको छ ।

आज भक्तपुरमा सञ्चालनमा रहेको हनुमन्ते नदी सफाई अभियानको ५१औं हप्ता तथा राष्ट्रिय झण्डोत्तलन विशेष कार्यक्रममा बोल्दै सांसद बस्नेतले सो उदघोष गर्नुभएको हो । उहाँले सल्लाघारीको ट्राफिक आईलाइनमा राष्ट्रिय झण्डोत्तलन प्रतिरोध गर्ने चेतावनी दिनु नेमकिपाको संक्रिणता भएको बताउनुभयो ।

भक्तपुरमा भएको विकास तथा समृद्धिमा सहभागिता जनाउन पटक पटक गरिएको प्रयासमा भक्तपुर नगरपालिका तथा नेमकिपाले सहभागिता नजनाउन आफैले आफ्नो अस्थित्व संकटमा पार्ने कार्य भएको बस्नेतले बताउनुभयो । हनुमन्ते नदीमा भक्तपुर नगरपालिकाले बढी मात्रामा ढल खोलामा मिसाउने अनि सफाई अभियानमा सहभागिता नजनाउनु दःखद् भएको बताउनुभयो ।

सांसद बस्नेतले लक्षीत उद्देश्यमा पुग्न जनचेतनाको साथमा मनचेतनाको विकार अपरिहार्य रहेको बताउँदै सांसद बस्नेतले सफाई अभियान प्लास्टिक र फोहोर टिप्ने मात्र नभई चेतना, मन मस्तिष्क सफा गर्ने, सचेत गराउने, हिंसा, लागुऔषध नियन्त्रण, सुरक्षित, अपराधमुक्त, विकास निर्माणको अनुगमन तथा निरिक्षण लगायतका कार्यहरु समेटिएको अभियान भएको बताउनुभयो ।

अभियानसँगै भक्तपुरको विकासले तिव्रता पाएको बताउँदै सांसद बस्नेतले मालपोतमा जग्गा पास गर्दाको ०।५ प्रतिशत रकमको माध्यमबाट हनुमन्ते नदीको कोरिडोर पहिलो वर्ष ८१ करोड रुपौयाँमा शुरु गरिएको जानकारी गराउनुभयो । उहाँले उक्त कोरिडोर तीन चरणमा गरिने बताउँदै बालकुमारी चोकबाट जगातीसम्म अरनिको राजमार्गको समानन्तर सडक बनाउँदै अरनिको राजमार्गमा हुने सवारी जामलाई सदाको लागि अन्त्य गर्ने उद्घोष गर्नुभयो ।

अभियानकै माध्यमले सूर्यविनायकदेखि साँगासम्मको सर्भिस ट्याक खुलेको साथै हनुमन्ते नदीको दायाँ बायाँ ढल लगाउने कार्य समेत तिव्र गतिमा अघि बढेको सांसद बस्नेतले जानकारी गराउनुभयो । त्यस्तै उहाँले भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु समेत तिव्र गतिका साथ निर्माण कार्य अघि बढेको बताउँनुभयो ।

उहाँले भक्तपुरमा निर्माण हुने अन्तर्राष्ट्रिय रंगशाला, कवोर्ड हल, प्राणी उद्यान केन्द्र, सभागृह, सुरुङ मार्ग लगायतका सडक, पुल निर्माण सम्पन्न भए पश्चात भक्तपुरको मुहार फेरिने र नेपालकै नमुना जिल्लाको रुपमा विकास हुने बताउनुभयो ।

देशमा संघियता कार्यान्वयनको चरमा रहेको बताउँदै सांसद बस्नेतले भक्तपुरमा सञ्चालनमा रहेको सफाई अभियानबाटै सिंहदरवारलाई गाउँ गाउँमा पुर्याउने उद्देश्य अनुरुप हिजोदेखि सूनपा वडा नं। ७ गुण्डुमा ३८ सय जनतालाई सेवा प्रदान गरेको जानकारी गराउनुभयो । उहाँले शिविरबाट आधारभुत तहका जनताले विना भ्रष्टाचार, विना झनझट सेवा प्राप्त गरेको समेत बताउनुभयो ।

सफाई अभियानले भक्तपुरमा हुने विभिन्न प्रकारका विकास निर्माण, हिंसा, पर्यटकिय, दुर्घटना न्युनिकरण, भ्रष्टाचार, सार्वजनिक स्थलमा हुन विभिन्न प्रकारका विकृति तथा विसंगति लगायतको अनुगमन तथा मुल्याङ्कन गर्दै कानुनी उपचारको बाटो खोज्ने अभियान समेत भएको बताउनुभयो ।

आगामी दिनमा प्रत्येक महिनाको पहिलो शुक्रवार भक्तपुर भरी एकिकृत घुम्ती अभियान सञ्चालन गरी कोही पनि स्वास्थ्य सेवा तथा सरकारी सेवाबाट बच्ति हुनु नपर्ने समेत उहाँले बताउनुभयो ।सांसद बस्नेतले आगामी चार वर्ष विकासमा एकता गर्नुपर्ने र बाँकी एक वर्ष राजनीतिमा प्रतिपर्धा गर्दै देश विकास र निर्माणमा लाग्न नेपाली कांग्रेस तथा नेमकिपालाई आग्रह गर्नुभयो ।

अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँ टोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा