डिपिएल : काठमाडौं गोल्डेन्सको विजयी शुरुआत

काठमाडौं गोल्डेन्सले आजदेखि यहाँ शुरु भएको धनगढी प्रिमियर लिग( डिपिएल) क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ ।

cricket

धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको डिपिएलको तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले घरेलु टोली धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढी स्टार्सले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९ दशमलव पाँच ओभरमा पूरा गर्यो ।

काठमाडौंका गौरव तोमार २८, अनिल साह २४, अङ्कित दवास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान दुई रन बनाए । महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा अविजित रहे ।

धनगढीका रोहन मुस्तफाले चार ओभरमा २७ रन खर्चेर चार विकेट लिए । टस हारेर ब्याटिङमा आएको धनगढीले २० ओभरमा पाँच विकेट गुमाउँदै १३२ रन बनाएको थियो । धनगढीका अमित श्रेष्ठ ५०, सन्दीप रजाइली २८ र सौरभ खनालले २५ रन बनाए । बलिङतर्फ नन्दन यादव दुई, ललित राजवंशी र अङ्कित दवासले एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।