काठमाडौंमा भोलि फेरि पानी पर्ने सम्भावना !

माघ २३,काठमाडौं  : एक साता नपुग्दै अर्को पश्चिमी वायू नेपाल प्रवेश गरेकाले देशको मौसममा बदली भएको छ।

बुधबार देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भइरहेको छ भने राजधानी काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि पानी पर्ने सम्भावना छ। यो क्रम शुक्रबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू-भागमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘उपत्यकामा पनि भोलि बिहान पानी पर्ने छ र दिउँसो पनि बादल लागिरहनेछ। यो क्रम शुक्रबारसम्म चल्नेछ।’

गत पुस २३ गतेयता हप्तैपिच्छेजसो पश्चिमी वायू आइरहेको छ।  पश्चिमी वायूको प्रभावले पुस २३ गते राजधानीमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको थियो।

माघ पहिलो साता आएको अर्को पश्चिमी वायूको प्रणालीले देशभर कहीँ वर्षा र कहीँ भारी हिमपात भएको थियो। 

त्यसको प्रभाव नसकिँदै अर्को पश्चिमी वायू नेपाल पसेको थियो। त्यसले माघ ११ र १२ गते वर्षा गराएको थियो।

त्यसको प्रभाव नसकिँदै अर्को प्रणालीले गत बुधबारदेखि चिसो बढाएको थियो।

महाशाखाका अनुसार यसपालि आएको पश्चिमी वायूको यो पाँचौं प्रणाली हो।

‘पश्चिमी वायू प्रणाली कहिले र कसरी आउँछ भन्ने एकिन हुँदैन। यसपालि लगालग आइरहेको छ,’ मौसमविद् सुवास रिमालले भने।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ। भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ।

‘निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन। तर यसले  उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बर्खा गराउँछ,’ रिमालले भने,‘मनसुन सकिनासाथ सुरू हुने यो प्रणाली  मनसुन सुरू नभइउन्जेल आउन सक्छ। कुनै वर्ष धेरै आउँछ, कुनै वर्ष थोरै आउँछ। यसपालि धेरै आइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा