नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपरान्ह युएई प्रस्थान गर्दै

Nepal-vs-Thailand-3 (1)

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) संगको एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) त्यसतर्फ प्रस्थान गर्दैछ।
 
नेपाली टोली आज अपरान्ह ४:३० फ्लाई दुबई विमानबाट युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदसीय नेपाली टोली त्यसतर्फ जाने छ ।
 
युएईसंगको खेलका लागि चार युवा खेलाडीले सिनियर टिममा स्थान बनाएका छन्। अविनाश बोहरा,भिम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन्।
 
ज्ञानेन्द्र मल्ल (उपकप्तान), बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी टिममा छन्। 
वैकल्पिक खेलाडीमा सुशन भारी, ललित भण्डारी र बिक्रम सोब छन् । 
 
नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने टिममा परेका छैनन्। विरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठिक हुन ३- ४ हप्ता लाग्ने बताईएको छ। 
 
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । नेपालले युएईसंग पहिले एकदिवसीय सिरिज खेल्नेछ। नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ ।  यस्तै माघ १७, १८ र २० मा टी-ट्वान्टी सिरिज खेल्नेछ। सिरिज दुबईमा हुनेछ। 

युएईविरुद्धको सिरिज नेपालको लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसंग पहिलो एकदिवसीय सिरिज खेलेको थियो । जुन सिरिज १ – १ को बराबरी भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।