फेसबुक, ट्वीटरमा प्यारोडी एकाउन्ट चलाउनेलाई सरकारले कारबाही गर्ने

काठमाडौं, माघ ७ : फेसबुक तथा ट्वीटरमा राजनीतिक दलका नेता र सेलिब्रेटीका नाममा प्यारोडी एकाउन्ट  चलाउनु हुन्छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ है।

1548062555koli

सूचना तथा सञ्चार मन्त्रालयले फेक खाता सञ्चालन गरी सामाजिक सौहार्दता खलल पार्ने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेपछि प्रहरीले अहिले प्यारोडी एकाउन्टको अनुसन्धान गरिरहेको छ।  

पुस १७ गते सचिवस्तरीय निर्णय गरेर मन्त्रालयले प्यारोडी एकाउन्ट चलाउने कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको थियो।

ट्वीटर, फेसबुक लगायत सामाजिक सञ्जालमा प्यारोडी एकाउन्ट खोल्नेलाई  बेलैमा पहिचान गरी कारबाही नगरे देशको स्थिति भयावह हुनेछ, बेलैमा ध्यान जावस् भन्ने गुनासो हेलो सरकारमा गरिएको थियो।

हेलो सरकारले उक्त गुनासो कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको थियो।  कानुनले उक्त कुरा आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै  सञ्चार मन्त्रालयमा पठाएको थियो।

‘गुनासो हेर्दा अर्काको नाममा अनावश्यक भ्रम फैलाउने कुरा गम्भीर देखिएकाले कारबाही गर्न पत्राचार गरेका हौं,’ सञ्चार मन्त्रालयका उपसचिव राजन पौडेलले भने,‘अहिले त प्रधानमन्त्रीदेखि उच्च तहका नेताका प्यारोडी एकाउन्ट छन्। एकदुई जनालाई कारबाही भए त्यसको सन्देश सबैलाई जान्छ भनेर हो।’

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई र नेताहरू रामशरण महत, गगन थापालगायतका प्यारोडी एकाउन्ट चर्चित छन्।

ट्वीटरले एकाउन्टको परिचयमा प्यारोडी, फेक, फ्यान वा कमेन्ट्री भनेर स्पष्ट जनाई वास्तविक ह्यान्डलसँग हुबहु नहुने गरी एकाउन्टको नाम राखेर  प्यारोडी एकाउन्ट चलाउन दिन्छ।

उपसचिव पौडेलले भने त्यसको अर्थ कसैको विषयमा भ्रम छर्न पाइने नभएको बताए।

‘कसैले कसैका बारे भ्रम फैलाउन पाउँदैन। हामीले पठाएको पत्रअनुसार महानगरीय अपराध महाशाखा टेकुले अनुसन्धान गरिरहेको छ,’ पौडेलले भने।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता