काठमाडौं । नथाकन छङथमको अबिजित ६९ तथा नरुमल थाइवाइको २७ रनमा आयोजक थाइल्याण्डले वुमन ट्वान्टी–२० स्म्यासको फाइनलमा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित ओभरमा १ विकेटको क्षतिमा १२१ रन बनाएको हो ।
थाइल्याण्ड क्रिकेट एशोसिसनको मैदानमा ओपनर छङथमले सर्वाधिक ४ चौकाको मद्तमा ६९ रन बनाउँदा थाइवाइ २७ रनमा पेभेलियन फर्किएकी थिइन् । उनलाई नेपालकी कप्तान रुविना क्षेत्रीले रनआउट गरेकी थिइन् ।
त्यसपछि क्रिजमा आएकी चनिडाले अबिजित १९ रन बनाइन् । नेपालका कुनै बलरले विकेट लिन सकेन् ।
आयोजक थाइल्यान्डले संयुक्त अरब इमिरेट्स (युएई) लाई ४९ रनले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गर्दा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालले समूह ‘ए’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको थियो भने थाइल्यान्ड समूह ‘बी’को बिजेता हो । प्रतियोगिताका पाँचै खेलमा विजयी नतिजा निकालेको नेपाल फाइनलमा पनि त्यसलाई निरन्तरता दिने लक्ष्यमा छ ।
प्रतियोगितामा जितका लागि कठिन प्रतिस्पर्धा गर्नु नपरेको नेपालले समूहको पहिलो खेलमा चिनमाथि १० विकेटको नतिजा निकालेको थियो । पुस २९ गते दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित दर्ता गरेको नेपाल तेस्रो खेलमा सोमबार यूएईमाथि ६ विकेट र समूहको अन्तिम खेलमा आयोजक थायल्याण्डको ए टोलीबिरुद्ध ९ विकेटले विजय भएको थियो ।
थाइल्याण्डमै हुने आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारी स्वरुप थाइल्याण्डले १० टोली सहभागी यस प्रतियोगिताको आयोजना गरेको हो । अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेका बेला अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले महिला क्रिकेट टोलीलाई यो अवसर दिएको हो ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा