इन्डाेनेसियालाई हराउँदै नेपाली क्रिकेट टोली फाइनलमा

काठमाडौं , माघ ४ : थाइल्यान्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा अपराजित रहेकाे नेपाली महिला टोली शुक्रबार इन्डाेनेसियालाई फराकिलो रन अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ।

इन्डोनेसियाविरुद्ध ९२ रनको कीर्तिमानी विजय हात पार्दै नेपाली महिला टोलीले फाइनलमा स्थान निश्चित गरेको हो।

अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा नेपाली महिला टोलीले पाएको यो सबैभन्दा ठूलो रन अन्तरको सफलता हो।

इन्डोनेसियाली टोलीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। पहिला ब्याटिङ गरेको नेपालका लागि ओपनर सीता राना मगरले ४८ रन बनाइन्। इन्दु बर्माको ३७ रन बनाइन् भने काजल श्रेष्ठको १४ रनको योगदान रह्यो। २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनायो।

१२० रनको लक्ष पाएको इन्डोनेसिया नेपाली बलर सामु निरीह सावित भयो। ११.१ ओभरमा २७ रन बनाउँदा इन्डोनेसियाली महिला टोली अल आउट भयो। कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन् भने कविता कुँवर, नेरी थापा, सीता राना मगर र सरिता मगरको पोल्टामा एक एक विकेट पर्यो।

नेपालले फाइनलमा युएई र थाइल्यान्डको विजताको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।