काठमाडौं , माघ २ : थाइल्यान्डमा जारी महिला टी-२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्यान्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।
थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरमा पूरा ग¥यो। नेपालका लागि ममताकुमारी चौधरीले आठ रन बनाउँदा नेरी थापाले पाँच र डोली भट्टले दुई रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली थाइल्यान्ड नेपाली बलरसामू निरीह बन्दै १९ रनमा समेटिएको थियो।
थाइल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले तीन विकेट लिइन्। इन्दु बर्मा र सरिता मगरले दुई/दुई तथा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले एक/एक विकेट लिए।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।