आईपीएलमा सन्दीपको पारिश्रमिक कति ?

 पौष २६,काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संकरण आगामी मार्च २३ देखी भारतका विभिन्न सहरमा सुरु हुँदैछ । यसका लागि सहभागी सबै टोलीले खेलाडी अनुबन्ध,रिटेन र रिलिज गरिसकेका छन् । एक टिममा २५ भन्दा बढि खेलाडी राख्न पाइदैन । प्लेइङ ११ मा ४ भन्दा बढि विदेशी खेलाडी पनि खेलाउन पाइदैन ।

Sandeep-Lamichhane

आईपीएलको अक्सन डिसेम्बर १८ मा जयपुरमा समापन भइसकेको छ । जस्मा ४० भारतीय र २० विदेशी खेलाडी विक्री भए । नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई उनको फ्रेन्चाइज दिल्ली क्यापिटल्सले रिटेन गरेको कारण उनको नाम अक्सनमा थिएन ।

पछिल्लो एक वर्ष विश्वभरका ठूला लिगमा अप्रत्याशित सफलता हात पार्दै आएका सन्दीप अक्सनमा भएको भए करोडौं मुल्य लाग्ने उच्च सम्भावना थियो । तर पछिल्लो अक्सनमा २० लाख भारुमा विक्री भएका सन्दीप र दिल्लीबीच तीन वर्षे सम्झौता रहेको थियो । त्यसैले सन्दीपले दिल्लीले चाहेको खण्डमा अर्को संस्करणपनि यसै फ्रेन्चाइजबाट खेल्नुपर्ने हुन्छ ।

नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले यस सिजनको आईपीएलमा सन्दीपले सोहि मुल्यमा खेल्ने जानकारी दिए । शिवाकोटीले आईपीएल सुरु हुन दुई महिना मात्र बाँकी हुँदा दिल्लीले अहिलेसम्म कुनै रकम नबढाएको प्रष्ट पारे ।

सन्दीपले दिल्लीसँग तीन वर्षे सम्झौता गरेको भएपनि पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय फेन्चाइज लिगमा सानदार प्रर्दशन गर्दै विश्व क्रिकेटमा तहल्का पिटीरहेका कारण केहि पारिश्रमिक बढ्न सक्ने अनुमान गरिएको थियो ।

तीन वर्षे सम्झौताका कारण सन्दीप यो वर्ष मात्र होइन सन्दीप अर्को वर्ष पनि सोहि रकममा दिल्लीबाटै खेल्नु पर्ने हुन्छ । जसको कारण सन्दीप केहि मर्कामा परेका छन् । गत सिजनमा दिल्लीबाट अन्तिम ३ खेल खेल्दै ५ विकेट लिएका सन्दीपले त्यसयता फर्केर हेर्नुपरेको छैन । उनले लगभग सबै ठूला लिग खेल्दै आफ्नो स्तर देखाएका छन् ।

सन्दीपले पछिल्लो एक वर्षमा झन्डै २ करोड रुपैयाँ फ्रेन्चाइज लिगहरु खेलेर कमाएका छन् । पहिलो वर्षमा उनले आफ्नो प्रतिभा देखाउँदै बलियो प्रदर्शन गरेका कारण उनको आउने दिनमा मूल्य अझै बढ्ने पक्का छ । अन्य लिगमा उनको भाउ बढेर जाँदा विश्वकै उत्कृष्ट मानिने इन्डियन प्रिमियर लिगमा भने उनले अझै दुई सिजन २० लाख भारुमा नै खेल्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति