वरिष्ठ न्यायाधीश जोशीमाथि प्रधानन्यायाधीशको एक्सनः भने, भविष्यमा पनि पेशी तोक्दिन

 

पुस १८, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सपथ लिएकै दिनमा पहिलो एक्सन लिएका छन् । उनले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई कुनै पेशी तोक्न नदिने भएका छन् ।

बुधबार पदभार ग्रहणपछि  कुराकानीमा राणाले  जोशीको पेशी नतोकिएको र भविष्यमा पनि नतोकिने स्पष्ट पार्दै जोशीलाई राजीनामा दिन सुझाए ।  ‘आज उहाँलाई पेशी तोकिएको छैन र भविष्यमा पनि तोकिने छैन’, उनले भने । 

प्रधानन्यायाधीश राणाले वरिष्ठ न्यायाधीश जोशीलाई अदालतलाई बन्धक नबनाउन तथा विवादमा नपारी निकास दिन आग्रह गरे । साथै राणाले न्यायप्रतिको आस्था मर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा प्रश्न उठेकाले आफूले गम्भीर निर्णय लिएको प्रधानन्यायाधीशले जानकारी गराए ।

न्याय परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस जोशी संसदीय सुनुवाइबाट अस्विकृत भएका थिए।

ओमप्रकाश मिश्रले मंगलबारबाटै अवकाश लिएपछि ६७ वर्ष पुरानो इतिहास बोकेको सर्वोच्चको नेतृत्व अब राणाले सम्हाल्दैछन्। उनी अब करिब ४ वर्षसम्म सर्वोच्चको नेतृत्वमा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा