पार्टीभित्र वामदेवले घिनलाग्दो खेल खेलेः मुख्यमन्त्री गुरुङ

 

पुस ५, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक चलिरहेको छ ।धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा २९ मंसिरदेखि जारी नेकपा स्थायी समितिको बैठकमा असन्तुष्टि जनाउँदै वामदेव गाैतम लगायतका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको व्यग्र आलोचना गरिरहेका छन् । 

यसै क्रममा स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने नेतृत्वलाई बचाउ गर्दै वामदेव गौतमको आलोचना गरेका छन् ।

बुधबार एक टीभी कार्यक्रममा बोल्दै गुरुङले बामदेव गौतमले पेश गरेको प्रतिवेदन र मागप्रति असन्तुष्टि जनाएका हुन् । उनले पार्टीभित्र बामदेवले घिनलाग्दो खेल खेलेको आरोप लगाए ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर नै पार्टी चलाईरहेको अवस्थामा एक जनालाई अध्यक्षमात्रै र अर्कोलाई प्रधानमन्त्रीको मात्रै जिम्मेवारी दिनुपर्छ भन्ने बामदेवको मागप्रति असन्तुष्टि जनाएका हुन् ।

वामदेवले ओलीलाई सघाएर धेरै राम्रो काम गरेको भन्दै गुरुङले प्रशंसा गरे । उनले एमाले र माओवादी केन्द्रलाई मिलाउनको लागि प्रधानमन्त्रीको ठूलो योगदान रहेको बताए । उनले ओली र प्रचण्डजी नमिलेको भए बामदेवले मिलाउन सक्नुहुन्थ्यो भन्दै प्रश्न गरे ।

वाम एकता गराउन वामदेवको महत्वपूर्ण भुमिका रहेको तर निर्णायक भूमिका नरहेको पनि गुरुङको जिकिर छ ।

नेकपा नेता वामदेव गौतमले शनिबारको पार्टी केन्द्रीय सचिवालयको बैठकमा फरक मतको प्रतिवेदन पेश गर्दै केपी शर्मा ओलीका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्न अनुकूल नभएको बताउँदै अध्यक्षको एकल जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिन प्रस्ताव गरेका थिए ।

शनिबारको पार्टी केन्द्रीय सचिवालयको बैठकमा फरक मत प्रस्तुत गरेका गौतमले त्यही फरक मतमार्फत् ‘पार्टीलाई प्रभावकारी बनाउन एक व्यक्ति एक पद नीति लागू गरेर अर्का अध्यक्ष प्रचण्डलाई अध्यक्षको एकल जिम्मेवारी दिन’ माग गरेका हुन्।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाले दुई अध्यक्ष बनाएर विश्वभरका बुर्जुवालाई समेत चुनौती दिएको बताएका थिए ।

उनले वामदेवको मागमाथि ठट्यौली भाषामा जवाफ दिँदै ‘संविधानले मिल्दैन, नत्र दुईवटा प्रधानमन्त्री हुँदा राम्रो हुन्छ’ भनेका थिए ।

उनले सरकार र पार्टीकाविरुद्ध भयानक गलत प्रचार भइरहेको भन्दै त्यसले पार्टीलाई कुनै असर नगर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै