पार्टीभित्र वामदेवले घिनलाग्दो खेल खेलेः मुख्यमन्त्री गुरुङ

 

पुस ५, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक चलिरहेको छ ।धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा २९ मंसिरदेखि जारी नेकपा स्थायी समितिको बैठकमा असन्तुष्टि जनाउँदै वामदेव गाैतम लगायतका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको व्यग्र आलोचना गरिरहेका छन् । 

यसै क्रममा स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने नेतृत्वलाई बचाउ गर्दै वामदेव गौतमको आलोचना गरेका छन् ।

बुधबार एक टीभी कार्यक्रममा बोल्दै गुरुङले बामदेव गौतमले पेश गरेको प्रतिवेदन र मागप्रति असन्तुष्टि जनाएका हुन् । उनले पार्टीभित्र बामदेवले घिनलाग्दो खेल खेलेको आरोप लगाए ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर नै पार्टी चलाईरहेको अवस्थामा एक जनालाई अध्यक्षमात्रै र अर्कोलाई प्रधानमन्त्रीको मात्रै जिम्मेवारी दिनुपर्छ भन्ने बामदेवको मागप्रति असन्तुष्टि जनाएका हुन् ।

वामदेवले ओलीलाई सघाएर धेरै राम्रो काम गरेको भन्दै गुरुङले प्रशंसा गरे । उनले एमाले र माओवादी केन्द्रलाई मिलाउनको लागि प्रधानमन्त्रीको ठूलो योगदान रहेको बताए । उनले ओली र प्रचण्डजी नमिलेको भए बामदेवले मिलाउन सक्नुहुन्थ्यो भन्दै प्रश्न गरे ।

वाम एकता गराउन वामदेवको महत्वपूर्ण भुमिका रहेको तर निर्णायक भूमिका नरहेको पनि गुरुङको जिकिर छ ।

नेकपा नेता वामदेव गौतमले शनिबारको पार्टी केन्द्रीय सचिवालयको बैठकमा फरक मतको प्रतिवेदन पेश गर्दै केपी शर्मा ओलीका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्न अनुकूल नभएको बताउँदै अध्यक्षको एकल जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिन प्रस्ताव गरेका थिए ।

शनिबारको पार्टी केन्द्रीय सचिवालयको बैठकमा फरक मत प्रस्तुत गरेका गौतमले त्यही फरक मतमार्फत् ‘पार्टीलाई प्रभावकारी बनाउन एक व्यक्ति एक पद नीति लागू गरेर अर्का अध्यक्ष प्रचण्डलाई अध्यक्षको एकल जिम्मेवारी दिन’ माग गरेका हुन्।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाले दुई अध्यक्ष बनाएर विश्वभरका बुर्जुवालाई समेत चुनौती दिएको बताएका थिए ।

उनले वामदेवको मागमाथि ठट्यौली भाषामा जवाफ दिँदै ‘संविधानले मिल्दैन, नत्र दुईवटा प्रधानमन्त्री हुँदा राम्रो हुन्छ’ भनेका थिए ।

उनले सरकार र पार्टीकाविरुद्ध भयानक गलत प्रचार भइरहेको भन्दै त्यसले पार्टीलाई कुनै असर नगर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक