December 2, 2018

मन्त्री हुनु त गोकर्ण विष्ट जस्तो

विष्णुप्रसाद चौलागाईdownload
काभे्रपोष्ट साप्ताहिकबाट स्तम्भकार म विष्णुप्रसाद चौलागाई र पिपुल नेपाल डट कम का डाइरेक्टर तारानीधि पन्त (रमेश पन्त) बिहीबार अलि चाडै सञ्चार मन्त्रालय पुगेछौं । हामी सञ्चार मन्त्रालयमा सधै हुने पत्रकार सम्मेलनमा समाचार लिन गएका थियौ । पत्रकार सम्मेलनको समय भई नसकेकाले हामी २ काभ्रेली भाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जाने निधो गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गयौ ।
हामी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुग्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट मन्त्रालयमा भई रहेको कामको निरिक्षणमा हुनुहुन्थ्यो । शालिन स्वभावका मन्त्री विष्टले त्यहाँ सिकर्मी काम गरिरहेका मानिसहरुलाई कामको बारेमा सोधिरहनु भएको थियो । साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयभित्र भईरहेको निर्माणको कामहरुको बारेमा पनि उहाँले जानकारी लिनुभयो । स्मरणीय कुरा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अहिले नयाँ निर्माणाधिन भवनमा सरेको रहेछ ।
त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट आफ्नो कार्यकक्ष तिर लाग्नु भयो । उहाँलाई भेट्न दर्जनौ मानिसहरु उहाँको कार्यकक्ष बाहिर पर्खिएर बसेका थिए । मन्त्री गोकर्ण विष्टका स्वकीय सचिवहरुले क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टलाई भेट गर्न बसेकाहरुलाई एक एक गरी भेटाईदिए । नयाँ भवन, सबै कर्मचारीहरु अटाई नसकेको उक्त मन्त्रालयमा सुझबुझका साथ, विना हडबडावट, तनावरहित अवस्थामा फटाफट मन्त्रीलाई भेट गराउने वातावरणको सिको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अरु मन्त्रालयहरुले पनि सिक्न जरुरी छ । सिंहदरवार भित्रका अन्य मन्त्रालयहरुमा मन्त्रीलाई व्यस्त देखाई मन्त्रीभन्दा शक्तिशाली देखिने स्वकीय सचिवहरुले काम कसरी गर्नुपर्ने रहेछ एक पल्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका स्वकीय सचिवहरुले गरेको कामलाई नजिकबाट हेरे भने उनीहरुलाई पनि धेरै ज्ञान हुने छ । जसका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाहेक सिंहदरवारका अन्य मन्त्रालयहरुमा सेवाग्राहीहरुको भिडभाड कम हुनेछ । हामीले एकछिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सहज भेटघाट, सहज तरिकाले काम हुने कारणहरु बुझ्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नै यस्तो वातावरण बनाइदिएको उनीहरुले बताए ।
यसैगरी सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ । पहिलो सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार विशेष समारोह गरेर घोषणा गरिएको कार्यक्रमको बारेमा विभागीय मन्त्री गोकर्ण विष्ट माझ जिज्ञासा राख्दा उहाँले भन्नुभयो – एउटा युगको सुरु भएको छ । देशले एउटा उत्साहको उत्सव मनाएको छ । सहभागिता, योगदान, सामाजिक सुरक्षाले अन्धकार युगको अन्त्य गरेको उहाँले बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाले नयाँ युगको शुरुवात भएको हामीले पनि महसुस ग¥यौ । हिजो चुनावताका सरकारले बजेटमै प्रतिबद्धता गरेको एकीकृत सामाजिक सुरक्षा, श्रमिकको मौलिक हक, लगायतका कुरालाई पुरा गर्न अघिल्लो सरकारमा पनि राम्रो इमेज बनाएका मन्त्री गोकर्ण विष्टलाई जिम्मा दिनु वर्तमान सरकारको राम्रो काम मानिएको छ । संयोगले हिजो ऊर्जा मन्त्रालयमा रहँदा राम्रो काम गर्ने सुरुवात गरेका मन्त्री गोकर्ण विष्टले नै अहिलेको जल्दो बल्दो सामाजिक सुरक्षा कोषको जिम्मेवारी पाउनु सुखद कुरा हो । सामाजिक सुरक्षा कार्यक्रमको सफलताको लागि अग्रिम शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र