December 2, 2018

मन्त्री हुनु त गोकर्ण विष्ट जस्तो

विष्णुप्रसाद चौलागाईdownload
काभे्रपोष्ट साप्ताहिकबाट स्तम्भकार म विष्णुप्रसाद चौलागाई र पिपुल नेपाल डट कम का डाइरेक्टर तारानीधि पन्त (रमेश पन्त) बिहीबार अलि चाडै सञ्चार मन्त्रालय पुगेछौं । हामी सञ्चार मन्त्रालयमा सधै हुने पत्रकार सम्मेलनमा समाचार लिन गएका थियौ । पत्रकार सम्मेलनको समय भई नसकेकाले हामी २ काभ्रेली भाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जाने निधो गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गयौ ।
हामी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुग्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट मन्त्रालयमा भई रहेको कामको निरिक्षणमा हुनुहुन्थ्यो । शालिन स्वभावका मन्त्री विष्टले त्यहाँ सिकर्मी काम गरिरहेका मानिसहरुलाई कामको बारेमा सोधिरहनु भएको थियो । साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयभित्र भईरहेको निर्माणको कामहरुको बारेमा पनि उहाँले जानकारी लिनुभयो । स्मरणीय कुरा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अहिले नयाँ निर्माणाधिन भवनमा सरेको रहेछ ।
त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट आफ्नो कार्यकक्ष तिर लाग्नु भयो । उहाँलाई भेट्न दर्जनौ मानिसहरु उहाँको कार्यकक्ष बाहिर पर्खिएर बसेका थिए । मन्त्री गोकर्ण विष्टका स्वकीय सचिवहरुले क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टलाई भेट गर्न बसेकाहरुलाई एक एक गरी भेटाईदिए । नयाँ भवन, सबै कर्मचारीहरु अटाई नसकेको उक्त मन्त्रालयमा सुझबुझका साथ, विना हडबडावट, तनावरहित अवस्थामा फटाफट मन्त्रीलाई भेट गराउने वातावरणको सिको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अरु मन्त्रालयहरुले पनि सिक्न जरुरी छ । सिंहदरवार भित्रका अन्य मन्त्रालयहरुमा मन्त्रीलाई व्यस्त देखाई मन्त्रीभन्दा शक्तिशाली देखिने स्वकीय सचिवहरुले काम कसरी गर्नुपर्ने रहेछ एक पल्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका स्वकीय सचिवहरुले गरेको कामलाई नजिकबाट हेरे भने उनीहरुलाई पनि धेरै ज्ञान हुने छ । जसका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाहेक सिंहदरवारका अन्य मन्त्रालयहरुमा सेवाग्राहीहरुको भिडभाड कम हुनेछ । हामीले एकछिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सहज भेटघाट, सहज तरिकाले काम हुने कारणहरु बुझ्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नै यस्तो वातावरण बनाइदिएको उनीहरुले बताए ।
यसैगरी सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ । पहिलो सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार विशेष समारोह गरेर घोषणा गरिएको कार्यक्रमको बारेमा विभागीय मन्त्री गोकर्ण विष्ट माझ जिज्ञासा राख्दा उहाँले भन्नुभयो – एउटा युगको सुरु भएको छ । देशले एउटा उत्साहको उत्सव मनाएको छ । सहभागिता, योगदान, सामाजिक सुरक्षाले अन्धकार युगको अन्त्य गरेको उहाँले बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाले नयाँ युगको शुरुवात भएको हामीले पनि महसुस ग¥यौ । हिजो चुनावताका सरकारले बजेटमै प्रतिबद्धता गरेको एकीकृत सामाजिक सुरक्षा, श्रमिकको मौलिक हक, लगायतका कुरालाई पुरा गर्न अघिल्लो सरकारमा पनि राम्रो इमेज बनाएका मन्त्री गोकर्ण विष्टलाई जिम्मा दिनु वर्तमान सरकारको राम्रो काम मानिएको छ । संयोगले हिजो ऊर्जा मन्त्रालयमा रहँदा राम्रो काम गर्ने सुरुवात गरेका मन्त्री गोकर्ण विष्टले नै अहिलेको जल्दो बल्दो सामाजिक सुरक्षा कोषको जिम्मेवारी पाउनु सुखद कुरा हो । सामाजिक सुरक्षा कार्यक्रमको सफलताको लागि अग्रिम शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा