मंसिर १३,काठमाडौं : भोलि (शुक्रबार) देखि सुरु हुने एशिया प्यासिफिक समिट २०१८मा भाग लिन क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन तथा म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुकी नेपाल आइपुगेका छन् । अन्य अतिथिहरु पनि धमाधम काठमाडौं आइपुग्दैछन् । आज काठमाडौं आइपुगेका क्याम्बोडियाका प्रधानमन्त्री र म्यान्मारका स्टेट काउन्सिलर विश्व चर्चित व्यक्तित्वका रुपमा चिनिन्छन् ।

म्यान्मारकी स्टेट काउन्सिलर सुकी नेशनल लिग फर डेमोक्रेसकी नेतृ हुन् । उनले म्यान्मारमा प्रजातन्त्रका लागि खेलेको भूमिकाका लागि सन् १९९१मा नोबेल शान्ति पुरस्कार पाएकी थिइन् । उनलाई तत्कालीन सैनिक शासनले लामो समय जेल राखेकोमा सन् २०१० मा रिहा गरेको थियो । उनी सन् २०१५को निर्वाचनमा विजयी पनि भइन् । उनलाई एकताका मानवअधिकारको पर्यायको रुपमा समेत लिइन्थ्यो । तर, पछिल्लो समय उनीसमेत रहेको सरकारले अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्यामाथि गरेको ज्यादतीका कारण उनी विश्वभर नै आलोचित छिन् । कतिपय अन्तर्राष्ट्रिय कार्यक्रममा उनलाई निम्तो दिनसमेत छोडिएको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसलनले उनलाई मानवअधिकार सम्बन्धी अवार्ड दिएकोमा सो अवार्डसमेत हालै फिर्ता गरेको थियो । उनी विगतमा पनि पटकपटक नेपाल आएकी थिइन् । रोहिंग्यामाथि भएको ज्यादतीको बारेमा अन्तर्राष्ट्रिय निकायले जारी गरेको प्रतिवेदनमा अहिलेको म्यान्मार सरकारलाई कडा आलोचना गरेको पाइने गरेको छ । केही रोहिंग्या शरणार्थी नेपालमा पनि बस्दै आएका छन् ।
आजै नेपाल आइपुगेका क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन विश्वकै सबैभन्दा लामो समयदेखि कार्यरत प्रधानमन्त्रीका रुपमा चिनिन्छन् । उनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गएको सेप्टेम्बर महिनामा संयुृक्त राष्ट्रसंघको महासभामा गएका बेलामा न्यूयोर्कमा नै भेटेका थिए । त्यही बेला नै प्रधानमन्त्री ओलीले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
क्याम्बोडियन पिपुल्स पार्टीका अध्यक्षसमेत रहेका उनी सन् १९८५ देखि क्याम्बोडियामा निरन्तर प्रधानमन्त्री छन् । उतिबेला सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्तिका रुपमा पनि उनी चर्चित थिए । ३२ वर्षको उमेरमा नै उनी प्रधानमन्त्री भएका हुन् ।
आफ्ना विपक्षीहरुलाई ध्वस्तै पार्ने गुण भएका व्यक्तिको रुपमा समेत उनलाई चिनिन्छ । तत्कालीन प्रजातान्त्रिक कम्पुचियामा खमेरुज आन्दोलनका क्रममा बटालीयन कमाण्डरका रुपमा उनले काम गरेका थिए । उनीमाथि भियतनामको उक्साहटमा लागेर कम्पुचियामा आक्रमण गरेको आरोप पनि लाग्ने गरेको छ । खमेरुज पराजित भएपछि सन् १९७९मा भियतनामको सहयोगमा बनेको सरकारमा उनी परराष्ट्रमन्त्री बनाइएका थिए । सञ्चारमाध्यम र विपक्षीमाथिको नियन्त्रणको आरोप उनी खेपिरहेका छन् ।
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई
चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति