बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश, इन्टर मिलान टोटनहमसँग पराजित

गएराति भएको च्याम्पियन्स लिगमा बार्सिलोनाले पीएसभी आइनहोभेनलाई २-१ गोलले पराजित गरेको छ ।यो जितसँगै बार्सिलोना समूह बीको विजेता बनेको हो ।

lionel-messi-2-1024x576

खेलको ६१ अौं मिनेटमा बार्सिलोनाको लागि कप्तान लियोनल मेसीले गोल गरे । ओस्माने डेम्बेलेको पासमा पीएसभीका डिफेन्डहरूबीच रहेका मेसीले उत्कृष्ट गोल गरेर टोलिलाइ अग्रता दिलाए । त्यस्तै ७० अौं मिनेटमा पाएको फ्रिकिकलाई मेसीले प्रहार गरे । मेसीको प्रहारमा टच गर्दै डिफेन्डर जेरार्ड पिकेले दोस्रो गोल गरे ।

तर, खेलको ८३ अौं मिनेटमा घरेलु टिमको लागि लुक डी जोङले गोल गरे । उनले एन्जेलिनोको पासमा गोल गरेका हुन् ।

जितसँगै च्याम्पियन्स लिगको समूह बी मा रहेको बार्सिलोनाले ५ खेलबाट १३ अंक जोडेको छ । त्यस्तै सोही समूहको अर्को खेलमा टोटनहमले इन्टर मिलानलाई पराजित गर्दै ७ अंक जोडेको छ । टोटनहमले अर्को चरणमा पुग्ने आशा जिवित बनाएको छ ।

इन्टरक‍ो पनि ७ अंंक नै रहेको छ । मात्र १ अंक जोडेको पीएसभी च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिए छ भने टोटनहम र इन्टरको उत्तिकै सम्भावना छ । टोटाहमले अन्तिम खेल बार्सिलोनासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति