च्याम्पियन्स लिग : रोमामाथि रियाल मड्रिडको जीत, दुवै टोली नकआउट चरणमा

2-Copy-4

एजेन्सी । गारेथ बेलको गोलबाट मंगलबार राति एएस रोमामाथि जीतको कथा रचिएपछि रियाल मड्रिडले च्याम्पियन्स लिग समूह ‘जी’को शीर्ष स्थानमा पकड बलियो बनाएको छ । रोमाका रक्षक फेडेरिको फाजियोको रक्षात्मक गल्तीमा फाइदा उठाउँदै बेलले दोस्रो हाफको दोस्रो मिनेटमा भ्रमणकारी रियाललाई अग्रता दिलाएका थिए । ५९औं मिनेटमा स्पेनिस विंगर लुकास भाज्क्वेजले अग्रता दोब्बर पार्दै रियालको जीत पक्का गरे । लुका मोडरिचको क्रसमा करिम बेन्जेमाले दिएको पासलाई भाज्क्वेजले सहज ट्याप गर्दै रियालको जीत पक्का गरेका थिए । 
मंगलबारै चाँडोगरी सम्पन्न खेलमा भिक्टोरिया प्लाजेनले सिएसकेए मस्कोमाथि २–१ को जीत हासिल गरेपछि रियाल र रोमा दुवैको नकआउट चरण पक्का भइसकेको थियो । रियालका लागि यो च्याम्पियन्स लिगको अन्तिम १६ मा लगातार १५औं उपस्थिति हुनेछ । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता २००३–०४ को सिजनदेखि नयाँ स्वरुपमा हुन थालेयता रियाल हरेक पटक नकआउट चरण पुग्दै आएको छ । 
रियाल र रोमा दुवैले ९ अंकका साथ खेलको सुरुआत गर्दा विजेताको हैसियत कसले पाउने भन्ने प्रतिस्पर्धा थियो । जहाँ हेड टु हेडमा रियाल रोमाभन्दा माथि थियो । त्यसमाथि मंगलबारको जीतले रियालको अवस्था थप मजबुत बनाएको छ । 
रोमाको एटेडियो ओलम्पिको रंगशालामा खचाखच दर्शकसामु घरेलु टोलीका महान हस्ती ४२ वर्षे फ्रान्सेस्को टोट्टीको हल अफ फेम सम्मान गरिएको थियो । २०१७ को मेमा सन्यास लिनुअघि टोट्टीले आफ्नो पूरा २४ वर्षे व्यावसायिक करियर रोमाकै जर्सीमा बिताएका थिए । त्यसक्रममा उनले रोमाका लागि ७ सय ८६ खेलमा ३ सय ७ गोल गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना