च्याम्पियन्स लिग : रोमामाथि रियाल मड्रिडको जीत, दुवै टोली नकआउट चरणमा

2-Copy-4

एजेन्सी । गारेथ बेलको गोलबाट मंगलबार राति एएस रोमामाथि जीतको कथा रचिएपछि रियाल मड्रिडले च्याम्पियन्स लिग समूह ‘जी’को शीर्ष स्थानमा पकड बलियो बनाएको छ । रोमाका रक्षक फेडेरिको फाजियोको रक्षात्मक गल्तीमा फाइदा उठाउँदै बेलले दोस्रो हाफको दोस्रो मिनेटमा भ्रमणकारी रियाललाई अग्रता दिलाएका थिए । ५९औं मिनेटमा स्पेनिस विंगर लुकास भाज्क्वेजले अग्रता दोब्बर पार्दै रियालको जीत पक्का गरे । लुका मोडरिचको क्रसमा करिम बेन्जेमाले दिएको पासलाई भाज्क्वेजले सहज ट्याप गर्दै रियालको जीत पक्का गरेका थिए । 
मंगलबारै चाँडोगरी सम्पन्न खेलमा भिक्टोरिया प्लाजेनले सिएसकेए मस्कोमाथि २–१ को जीत हासिल गरेपछि रियाल र रोमा दुवैको नकआउट चरण पक्का भइसकेको थियो । रियालका लागि यो च्याम्पियन्स लिगको अन्तिम १६ मा लगातार १५औं उपस्थिति हुनेछ । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता २००३–०४ को सिजनदेखि नयाँ स्वरुपमा हुन थालेयता रियाल हरेक पटक नकआउट चरण पुग्दै आएको छ । 
रियाल र रोमा दुवैले ९ अंकका साथ खेलको सुरुआत गर्दा विजेताको हैसियत कसले पाउने भन्ने प्रतिस्पर्धा थियो । जहाँ हेड टु हेडमा रियाल रोमाभन्दा माथि थियो । त्यसमाथि मंगलबारको जीतले रियालको अवस्था थप मजबुत बनाएको छ । 
रोमाको एटेडियो ओलम्पिको रंगशालामा खचाखच दर्शकसामु घरेलु टोलीका महान हस्ती ४२ वर्षे फ्रान्सेस्को टोट्टीको हल अफ फेम सम्मान गरिएको थियो । २०१७ को मेमा सन्यास लिनुअघि टोट्टीले आफ्नो पूरा २४ वर्षे व्यावसायिक करियर रोमाकै जर्सीमा बिताएका थिए । त्यसक्रममा उनले रोमाका लागि ७ सय ८६ खेलमा ३ सय ७ गोल गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा