निर्मला हत्याकाण्ड : २४ प्रहरीमाथि अनुसन्धान, थप १६ जनाको डीएनए परीक्षण गरिँदै

मङ्सिर ९,काठमाडौं : कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै ४ महिना बित्न लाग्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीको सधैं एउटै कुरो हुन्छ– अनुसन्धान जारी छ । 

nirmala_panta_PDvuBsJysc

आइतबार कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतले अनुसन्धान जारी रहेको र नयाँ कुरो खास केही नभएको प्रतिक्रिया दिए । निर्मला हत्याकाण्डको पछि कसको संलग्नता थियो भनेर प्रहरी खोजेको खोज्यै छ । तर, परिणाम हात पार्न सकेको छैन । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘‘निर्मला हत्याकाण्डको अनुसन्धान गर्न जति सकस कहिल्यै भएको थिएन । प्रहरी इतिहासमा थोरैमात्र घटनामा प्रहरीलाई यस्तो प्रकारको सकस आइपरेको छ । जताबाट प्रयास गर्दा पनि हत्यारासम्म पुग्ने बाटो पहिल्याउन सकिएको छैन ।’’

गत साउन १० गते साथीको घरमा हिँडेकी कञ्चनपुरको भीमदत्तनगर–२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत फेला परिन् । उनको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको छ । हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खासीमा परेका छन् । अन्य ६ जना प्रहरी निलम्बनमा छन् । २४ जना प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले आन्तरिक अनुसन्धान गरिरहेको छ । 

यसअघि तत्कालीन कञ्चनपुर प्रहरीले घटनामा संलग्न भएको भन्दै भीमदत्तनगर–१९ बागफाँटाका दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, दिलिपको डिएनए ‘म्याच’ नभएपछि उनी थुनामुक्त भए । त्यसयता प्रहरीले अनुसन्धान जारी राखे पनि नतिजा भने हात पार्न नसकेको छैन । 

थप १६ जनाको डीएनए परीक्षण गरिँदै
निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद १६ जनाको डीएनए परीक्षणको तयारी गरेको छ । स्रोतका अनुसार दुई चरणमा उनीहरुको डीएनए परीक्षण गरिनेछ । यसअघि प्रहरीले झण्डै डेढ साताअघि ४ जनाको डीएनए परीक्षणका लागि रगत संकलन गरेर केन्द्रीय प्रयोशालामा पठाएको थियो । उनीहरुको नतिजा मेल खाएको थिएन । 

स्रोतले १६ जनाको डीएनए परीक्षण गर्न लागिएको बताए पनि प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने डीएनए परीक्षण गर्ने प्रक्रिया सुरु नभएको दाबी गरेका छन् । ‘‘अनुसन्धान विभिन्न कोणबाट जारी छ । अहिल्यै डीएनए परीक्षणको तयारी भने भएको छैन,’’ उनले भने ।

निर्मला हत्या प्रकरणमा यसअघि दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, स्थानीय आयुश विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गरिएको थियो । तर, निर्मलाको शरीरमा भेटिएको ‘स्पर्म’सँग उनीहरुको डीएनए ‘म्याच’ गरेन । 

कतिपय प्रहरी अधिकारीले निर्मला हत्यामा चिनजानकै व्यक्तिको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गर्दै आएका छन् । प्रहरीले प्रविधिको प्रयोग गर्दैै निर्मला हत्याकाण्डको अनुसन्धान जारी राखेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरमै छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा