चार युवक हाम्फाले रेलबाट, तीनको मृत्यु

मंसिर ६,काठमाडौं : भारतको राजस्थानमा बेरोजगारीको भयानक पक्ष सार्वजनिक भएको छ । 

जागिर नपाएको झोंकमा चार युवकहरूले रेलबाट हाम्फालेका छन् । तीमध्ये तीन युवकको मृत्यु भएको छ । 

प्रत्यक्षदर्शीहरूका अनुसार, युवकहरूले जागिर नपाएपछि के बाँचिरहनु र भनेको सुनिएको थियो । 

अलवर जिल्लामा बस्ने ६ साथीले जागिर नपाएपछि चिन्तित भएर आत्महत्याको योजना बनाएका थिए । त्यसपछि उनीहरू शहरको एफसीआई गोदामनजिक पुगेर रेलअगाडि हाम्फाले । 

तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना गम्भीर घाइते भएका छन् । 

बाँकी दुई साथी चाहिँले अन्तिम समयमा आत्महत्या गर्ने सोच परिवर्तन गरे । तिनीहरूलाई प्रहरीले सोधपुछ गरिरहेको छ । 

मनोज, नारायण, राज र अभिषेक मीणा रेलअगाडि हाम्फालेका हुन् । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने