कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने नेपाली श्रमिकको यसअघि तोकेको कोटामा थप गरेको छ ।

नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती हुने भएकाले यसअघिको कोटामा १३.२ प्रतिशत थप गरेको हो । दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३.२ प्रतिशत थप गरेको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ । सो शाखाका निर्देशक मैया कँडेलले कोरियाले विदेशी श्रमिक माग गर्दै आएका १६ देशको तुलनामा नेपालले श्रमिक छनोटको प्रक्रिया छिटोछरितो गरेको भनेर यो वर्ष कोटा थप गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालबाट इपिएसमार्फत कोरिया जाने प्रक्रियामा सुधार तथा परीक्षा प्रणालीको व्यवस्थापन गर्न अनुरोध गर्दै कोरियाले नेपाललाई दुई पटक पत्र पठाएको छ । पहिलो पत्रमा कोरियाले नेपाललाई यो वर्ष निर्धारण गरेको कोटा थप गरिएको जानकारी दिएको छ भने दोस्रो पत्रमा भाषा परीक्षामा सहभागीको सङ्ख्या बढ्दै गएर परीक्षा समयमा नसकिने अवस्थालाई सुधार गर्न वैकल्पिक व्यवस्थापन गर्न अनुरोध गरेको जानकारी निर्देशक कँडेलले दिनुभयो ।

यसबाहेक कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकामा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा समेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ । विगतका वर्षभन्दा सन् २०२४ मा अझ बढी सङ्ख्यामा नेपाली श्रमिक दक्षिण कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको छ । कोरियाबाट आएका दुई वटा पत्रको आशय हेर्दा यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने देखिएको निर्देशक कँडेलले जानकारी दिनुभयो ।

हाल उत्पादन, कृषि तथा पशुपालन र सिप बिल्डिङ क्षेत्रको रोस्टरमा रहेकालाई समेत वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा लैजाने योजना रहेका कारण पास भएका सबै युवा कोरिया प्रवेश गर्न सक्ने सम्भावना बढेको छ । यसअघि रुट इन्डस्ट्री क्षेत्र अन्तर्गत रोस्टरमा रहेकामध्ये ३० जना छनोट गरेकामा तीन जना कोरिया प्रवेश गरिसकेका छन् । हाल रुट इन्डस्ट्री क्षेत्र अन्तर्गत वेल्डिङमा पाइलटका रूपमा श्रमिक माग गरिएको छ । रुट इन्डस्ट्री क्षेत्रका उपक्षेत्र थप गरी अझ बढी कामदार लैजाने योजना कोरियाको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र