कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने नेपाली श्रमिकको यसअघि तोकेको कोटामा थप गरेको छ ।

नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती हुने भएकाले यसअघिको कोटामा १३.२ प्रतिशत थप गरेको हो । दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३.२ प्रतिशत थप गरेको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ । सो शाखाका निर्देशक मैया कँडेलले कोरियाले विदेशी श्रमिक माग गर्दै आएका १६ देशको तुलनामा नेपालले श्रमिक छनोटको प्रक्रिया छिटोछरितो गरेको भनेर यो वर्ष कोटा थप गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालबाट इपिएसमार्फत कोरिया जाने प्रक्रियामा सुधार तथा परीक्षा प्रणालीको व्यवस्थापन गर्न अनुरोध गर्दै कोरियाले नेपाललाई दुई पटक पत्र पठाएको छ । पहिलो पत्रमा कोरियाले नेपाललाई यो वर्ष निर्धारण गरेको कोटा थप गरिएको जानकारी दिएको छ भने दोस्रो पत्रमा भाषा परीक्षामा सहभागीको सङ्ख्या बढ्दै गएर परीक्षा समयमा नसकिने अवस्थालाई सुधार गर्न वैकल्पिक व्यवस्थापन गर्न अनुरोध गरेको जानकारी निर्देशक कँडेलले दिनुभयो ।

यसबाहेक कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकामा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा समेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ । विगतका वर्षभन्दा सन् २०२४ मा अझ बढी सङ्ख्यामा नेपाली श्रमिक दक्षिण कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको छ । कोरियाबाट आएका दुई वटा पत्रको आशय हेर्दा यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने देखिएको निर्देशक कँडेलले जानकारी दिनुभयो ।

हाल उत्पादन, कृषि तथा पशुपालन र सिप बिल्डिङ क्षेत्रको रोस्टरमा रहेकालाई समेत वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा लैजाने योजना रहेका कारण पास भएका सबै युवा कोरिया प्रवेश गर्न सक्ने सम्भावना बढेको छ । यसअघि रुट इन्डस्ट्री क्षेत्र अन्तर्गत रोस्टरमा रहेकामध्ये ३० जना छनोट गरेकामा तीन जना कोरिया प्रवेश गरिसकेका छन् । हाल रुट इन्डस्ट्री क्षेत्र अन्तर्गत वेल्डिङमा पाइलटका रूपमा श्रमिक माग गरिएको छ । रुट इन्डस्ट्री क्षेत्रका उपक्षेत्र थप गरी अझ बढी कामदार लैजाने योजना कोरियाको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन