विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

twitter sharing button

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार विश्वको ५२.४  प्रतिशत जनसङ्ख्याले सामाजिक सुरक्षाको लाभ प्राप्त गरेको छ । विश्वको आधाभन्दा बढी मानिसहरूले सामाजिक सुरक्षामा आफ्नो पहुँच सुनिश्चित गरेको यो पहिलो रेकर्ड हो ।

“यो स्वागतयोग्य प्रगति हो । तर अप्रकाशित वास्तविकता यो पनि हो कि अझै पनि ३.८ अर्ब मानिसहरू पूर्णरूपमा असुरक्षित छन्,” विश्वव्यापी रूपमा तीन चौथाइभन्दा बढी बालबालिकाको अझै पनि कुनै पनि किसिमको सामाजिक सुरक्षा प्राप्त नगरेको जानकारी गराउँदै आईएलओले आफ्नो प्रतिवेदनमा भनेको छ ।

आईएलओले  सामाजिक सुरक्षा क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच र विशेष गरी बुढ्यौली, बेरोजगारी, रोगी, अशक्तता, प्रसूति वा परिवारमा मुख्य आम्दानी गर्ने व्यक्तिको मृत्यु साथै बच्चा भएका परिवारहरूका लागि सम्बन्धित आय सुरक्षा उपायहरूको पहुँच समावेश गरेको छ ।

“सामाजिक सुरक्षाको सन्दर्भमा विश्वमा रहेको भिन्नता हटाउन ढिलो भइरहेको छ”, आइएलओले चेतावनी दियो  । “यही गतिमा विश्वका हरेक मानिसलाई कम्तीमा एउटा सामाजिक सुरक्षामा समावेश गराउन थप ४९ वर्ष लाग्नेछ”, प्रतिवेदनमार्फत चेतावनी दिइएको छ ।

आईएलओ प्रमुख गिल्बर्ट होङ्बोले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित विश्वका धेरै देशमा देखिएको सामाजिक सुरक्षा दरमा विशेष चिन्ता व्यक्त गर्नुभएको छ ।  “यस सङ्कटको सबैभन्दा क्रूर परिणाम भोगिरहेका देश वातावरणीय र जीविकोपार्जनका परिणामहरू सामना गर्न असक्षम छन्,” उहाँले भन्नुभयो ।

जलवायु सङ्कटको सबैभन्दा जोखिममा रहेका २० देशको कुल ९१.३ प्रतिशत अझै पनि कुनै पनि प्रकारको सामाजिक सुरक्षाको अभाव छ, बिहीबार सार्वजनिक भएको प्रतिवेदनले जनाएको छ ।

आईएलओले सार्वजनिक गरेको प्रतिवेदनले सामाजिक लाभले मानिसलाई आय सुरक्षा र स्वास्थ्य सेवामा पहुँचजस्ता कुराहरू सुनिश्चित गरेर जलवायुसम्बन्धी आघात अनुकूल बनाउन र सामना गर्न मद्दत गर्न सक्छ भन्ने कुरा औँल्याएको छ । आइएलओले विश्व हाल दुई धेरै फरक र भिन्न सामाजिक सुरक्षा मार्गहरूमा रहेको चेतावनी दिएको छ ।

उच्च आय भएका देशहरूको लगभग ८६ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षाको पहुँचमा छन् । उच्च–मध्यम–आय भएका देशका ७१.२ प्रतिशत जनसङ्ख्याले सामाजिक सुरक्षाको लाभ लिइरहेका छन् भने कम–मध्यम–आय भएका देशको ३२.४ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षाको पहुँचमा रहेको प्रतिवेदनले जनाएको छ ।

उच्च आय भएका देशहरूले सामाजिक सुरक्षाको क्षेत्रमा आफ्नो कुल गार्हस्थ्य उत्पादनको १६.२ प्रतिशत खर्च गर्छन् भने जलवायु परिवर्तनको जोखिममा रहेका देशसहित कम आय भएका देशहरूले मात्र ०.८ प्रतिशत खर्च गर्छन् ।

गरिब देशहरूलाई कम्तीमा आधारभूत सामाजिक सुरक्षा सुनिश्चित गर्न एक वर्षमा थप ती खर्ब आठ अर्ब ५० करोड डलर चाहिन्छ र त्यो लक्ष्यमा पुग्न अन्तर्राष्ट्रिय समर्थनको आवश्यकतामा आइएलओले जोड दिएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

सामाजिक सुरक्षाकोषमा नियमित रकम जम्मा नगरेको कारण बेलिज क्यासिनोले तिर्यो ३० लाख पीडितलाई

फाल्गु्न १, काठमाण्डौं । सामाजिक स्ुरक्षाकोषले बेलिज प्रा.लींद्धारा संचालिन लैनचौरस्थित बेलिज क्यासिनोलाई कोषमा नियमित रकम

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको