बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

 

“अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल”

पीपुल नेपाल न्यूज
जेठ ९ काठमाण्डौं । विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजले यहि जेठ १० गते जुम प्रविधिको सहयोग मार्पmत हजारौको उपस्थितिमा विश्व ध्यान दिवस मनाउने भएको छ । मन र चित्तलाई शान्त बनाउन ध्यानको विकल्प नभएको र शान्ति चाहने हो भने यो बाहिर खोजेर भेटिंदैन आफै भित्र खोज्नु पर्दछ भन्ने मान्यतालाई विश्वभर फैलायर विश्वमा शान्ती फैलाउने यो महान विद्यालाई सार्थकता दिन यो कार्यले महत्वपूर्ण भुमिका खेल्ने आयोजकले जनाएका छन् ।

मनलाई शान्त बनाउनका लागि ध्यान सबै भन्दा उत्तम मार्ग हो । ध्यानबाट नै ज्ञानको प्राप्ती हुन्छ । संसारलाई यस्ता महाज्ञानको उपदेश दिने विश्व शान्तिका महानायक भगवान् गौतम बुद्धको जन्मजयन्ती अर्थात् बुद्ध जयन्तीको पावन दिनमा भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै यस बुद्धजयन्तीको अवसर पारेर विगत दुई वर्ष देखि २०७८ साल जेठ २ गते नेपालको गीता मन्दिर स्वयमभूबाट विश्व शान्ति तथा अध्त्यात्म विज्ञान समाजका संरक्षक विश्व योग गुरु आचार्य राजन शर्मा ज्यूको पहलमा विश्व ध्यान दिवसको घोषणा भएको थियो।

त्यसैको निरन्तरताको लागि २०८१ साल जेठ १० गते बिहिबार (तदनुसार सन् २०२४ मे २३ तारिकका दिन) नेपाली समय विहान ५ बजे विश्वको ६० भन्दा वढि राष्ट्रबाट एकै साथ विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) ले विश्व योग गुरु आचार्य श्री राजन शर्मा ज्यूको प्रत्यक्ष उपस्थितिमा तेस्रो विश्व ध्यान दिवस मनाउँने भएको हो । यस अवसरमा आयोजकले संसारभरका नेपाली तथा विदेशी योग तथा ध्यानप्रेमीहरुलाई दिएको समय र जुम आईडीमा चुलै निमनत्रणा गरेको छ । ध्यान गरौं र जीवनलाई आनन्दित बनाऔं ।

जुम आइडिः 81882217949 र पासवर्ड रहेको छ क्यापिटल लेटरमा: gspss
https://us02web.zoom.us/j/81882217949?pwd=NGk3TGlIUEtzOFpxWkNsMUdreW5RZz09

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट