“अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल”
पीपुल नेपाल न्यूज
जेठ ९ काठमाण्डौं । विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजले यहि जेठ १० गते जुम प्रविधिको सहयोग मार्पmत हजारौको उपस्थितिमा विश्व ध्यान दिवस मनाउने भएको छ । मन र चित्तलाई शान्त बनाउन ध्यानको विकल्प नभएको र शान्ति चाहने हो भने यो बाहिर खोजेर भेटिंदैन आफै भित्र खोज्नु पर्दछ भन्ने मान्यतालाई विश्वभर फैलायर विश्वमा शान्ती फैलाउने यो महान विद्यालाई सार्थकता दिन यो कार्यले महत्वपूर्ण भुमिका खेल्ने आयोजकले जनाएका छन् ।
मनलाई शान्त बनाउनका लागि ध्यान सबै भन्दा उत्तम मार्ग हो । ध्यानबाट नै ज्ञानको प्राप्ती हुन्छ । संसारलाई यस्ता महाज्ञानको उपदेश दिने विश्व शान्तिका महानायक भगवान् गौतम बुद्धको जन्मजयन्ती अर्थात् बुद्ध जयन्तीको पावन दिनमा भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै यस बुद्धजयन्तीको अवसर पारेर विगत दुई वर्ष देखि २०७८ साल जेठ २ गते नेपालको गीता मन्दिर स्वयमभूबाट विश्व शान्ति तथा अध्त्यात्म विज्ञान समाजका संरक्षक विश्व योग गुरु आचार्य राजन शर्मा ज्यूको पहलमा विश्व ध्यान दिवसको घोषणा भएको थियो।
त्यसैको निरन्तरताको लागि २०८१ साल जेठ १० गते बिहिबार (तदनुसार सन् २०२४ मे २३ तारिकका दिन) नेपाली समय विहान ५ बजे विश्वको ६० भन्दा वढि राष्ट्रबाट एकै साथ विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) ले विश्व योग गुरु आचार्य श्री राजन शर्मा ज्यूको प्रत्यक्ष उपस्थितिमा तेस्रो विश्व ध्यान दिवस मनाउँने भएको हो । यस अवसरमा आयोजकले संसारभरका नेपाली तथा विदेशी योग तथा ध्यानप्रेमीहरुलाई दिएको समय र जुम आईडीमा चुलै निमनत्रणा गरेको छ । ध्यान गरौं र जीवनलाई आनन्दित बनाऔं ।
जुम आइडिः 81882217949 र पासवर्ड रहेको छ क्यापिटल लेटरमा: gspss
https://us02web.zoom.us/j/81882217949?pwd=NGk3TGlIUEtzOFpxWkNsMUdreW5RZz09
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा