सन्दीपको स्वीकारोक्ति- गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाट सिक्छौं

‘गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ । प्रसंशकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ ।’

Sandeep-Lamichhane-prof.-1024x754

उक्त भनाइ १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेको हो र नेपाली प्रसंशक र उनीबीचको असमझदारीका विषयमा पत्रकारहरूको प्रश्नमा उनले यी कुरा बताएका हुन् । ‘म हरेक खेलमा शतप्रतिशत दिने प्रयास गर्छु । मैले ठीक ठानेको कुरा अरुले ठीक नठान्न सक्छ । मलाई माया दिएकै कारण पनि गाली गरेको हुनसक्छ । प्रसंशकको गालीमा पनि माया हुन्छ । मैले नेपालले गौरव गर्नसक्ने गरी खेल्नुपर्छ ।”

क्रिकेटर लामिछाने ‘सुट द्याट फिट्स’ ले आफूलाई ब्रान्ड एम्ब्यासेडोर बनाउँदा आयोजना गरेको पत्रकार सम्मेलनमा आज यहाँ बोलिरहेका थिए । इन्डियन प्रेमियर लिग (आइपिएल) २०१८ को टीट्वान्टी खेलका लागि दिल्ली डेयरडेभिल्ससँग अनुबन्धन भएका पहिलो नेपाली खेलाडी लामिछाने आइतबार खेलकै लागि संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । उनले आफू त्यसपछि नेपाल फर्कने र एभरेस्ट प्रेमियर लिगको दुई खेल खेल्नसक्ने बताए ।

‘त्यसपछि म बिग बास लिग (बिबिएल) खेल्न अस्ट्रेलिया जाँदै छु । डिसेम्बरको ५ मा बङ्गलादेश क्रिकेट लिग खेल्न त्यसतर्फ जान्छु । त्यसपछि म फेरि अस्ट्रेलिया जान्छु । अनि दुबई जान्छु । त्यसपछि नेपाल फर्कन्छु र त्यसपछि आइपिएल खेल्छु ।’ स्याङ्जाको आरुचौरमा सन् २००० को अगस्ट २ मा जन्मेका सन्दीपले आफ्नो आगामी केही दिनको अन्तर्राष्ट्रिय खेलका लागि व्यस्तताका विषयमा बताए । पत्रकार भेटमा उनी ‘सुट द्याट फिट्स’ को सुटमा सजिएका थिए ।

कार्यक्रममा गारमेन्ट एशोशिएसन नेपालका अध्यक्ष चण्डी अर्यालले २२/२३ वर्षसम्म मुलुकले लगानी गरिसकेपछि विदेशका कारखानामा काम गर्नुपर्ने नेपाली युवाको बाध्यताबीच ‘सुट द्याट फिट्स’ ले विदेशीका लागि नेपालमा सुट तयार गरी निर्यात गरिरहेकोमा खुसी व्यक्त गरे । उनले दुई करोड ८० लाख जनसङ्ख्यामा १८ देखि ४० वर्षका करिब ४८ लाख नेपाली विदेशमा रोजगारीका लागि गएकाले ५४ लाख प्रौढले नेपालको विकास गर्न युवा कमी हुने उल्लेख गरे ।

‘रगत, क्षयरोग, अर्बुद सबै परीक्षण गरेपछि विदेशीले नेपाली युवालाई लैजान्छन् र नेपालमा कमजोर पुस्ता बाँकी रहन्छ । यस्तो अवस्था किन बनायौं त भनी भोलिका पुस्ताले आजका पदाधिकारी अभिभावक पुस्तालाई पक्कै पनि सोध्नेछन्’, अध्यक्ष अर्यालले गुनासो गरे ।

‘सुट्स द्याट फिट्स’ का कार्यकारी प्रमुख ओमभक्त योगीले सन् २००८ मा बेलायतमा निर्यात गर्न स्थापित यस संस्थाले पछिल्ला वर्षमा आयरल्यान्ड, स्कटल्यान्ड, अमेरिका तथा युरोपका अन्य मुलुकमा सुट निर्यात गरिरहेको बताए । उनले चर्चित फुटबल खेलाडी डेविड बेकम, कलाकार तथा सामाजिक कार्यकर्ता जोअन लुमली, कलाकार जेम्स डिन, विश्वका अग्ला व्यक्ति सुल्तान कोसेन तथा सङ्गीत समूह वन डाइरेक्सनका लागि आफ्नो संस्थाले सुट तयार गरेको बताए । उनले यस अवधिमा आफूहरूले १५ हजारभन्दा बढी सुट निर्यात गरेको पनि जानकारी दिए ।

‘अ सुट्स द्याट फिट्स’ नामक बेलायती संस्थाको साझेदारीमा यो आफ्नो संस्था नेपालमा स्थापना भएको र नेपाललाई पनि सुटको केन्द्र बनाउने यस संस्थाको उद्देश्य रहेको योगीले जानकारी दिए । उनले टेलिभिजनमा छिट्टै देखा पर्ने ‘को बन्छ करोडपति’ का लागि कलाकार राजेश हमालका लागि पनि पनि आफूहरूले सुटको डिजाइन गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।