जोगवनीमा भारतीय सुरक्षाकर्मीबाट नेपाली ट्यांकर चालक कुटिएपछि पेट्रोलियम ढुवानी ठप्प

 

माेरङ / भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीबाट नेपाली ट्यांकर चालक कुटिएपछि चालकहरुले पेट्रोलियम पदार्थ (इन्धन) को ढुवानी शनिबार विहानैबाट ठप्प पारेका छन् । भारतको बरौनीबाट हुँदै आएको ढुवानी ठप्प पारेर चालक आन्दोलिन बनेका हुन् । भारतको बरौनी डिपोबाट पेट्रोल लोड गरेर नेपालतर्फ आउँदै गरेको को १ ख ६००९ नम्बरको ट्यांकरका चालक मोनु कुमारमाथि शनिबार जोगवनी बजारमा कुटपिट भएपछि आक्रोसित बनेका चालकले ढुवानीका सबै काम रोकेका छन् । लाट्ठी र मुक्का प्रहारबाट मोनु कुमारको शरीरमा चोट लागेको छ ।

अन्य सवारी साधनलाई उछिनेर अघि बढ्न खोजेको भन्दै भारतीय सुरक्षकर्मीले चालकलाई ट्यांकरबाट ओरालेर दुरव्यवहार गर्दै कुटपिट गरेको नेपाल पेट्रोलियम ट्यांकर चालक संघ प्रदेश १ का अध्यक्ष केशव आचार्यले बताए । ‘जोगवनीमा सवारी साधनको जाम रहेछ । जामा छिचोल्न अरु सवारीलाई उछिनेर अघि बढ्न खोजेको निहुमा चालकमाथि कुटपिट भयो,’ उनले भने । उनका अनुसार भारतको बथनाहादेखि जोगवनी सम्मको सात किलोमिटर सडक साँघुरो भएर संधै सवारी साधनको जाम हुने गरेको छ । त्यही विषयलाई लिएर भारतीय सुरक्षाकर्मी र नेपाली ट्यांकर चालकबीच एक महिना अघि छलफल समेत भएको थियो । छलफलका क्रममा पेट्रोलियम पदार्थ (इन्धन) बोकेका ट्यांकरलाई भने ‘ओभरटेक’ गरेर भए पनि अघि जान दिने व्यवस्था गर्ने सहमति भारतीय सुरक्षाकर्मीसंग भएको आचार्यले बताए ।

तर सहमति विपरित ओभरटेक गरेकै बहानामा चालकले कुटाई खानु परेको उनको भनाइ छ । जाममा फस्दा र ओभरटेक गर्ने व्यवस्था नगरेमा एउटा ट्यांकरलाई नेपाल आइपुग्न सात दिन भन्दा बढी समय लाग्ने आचार्यको भनाइ छ । उनले नेपाली ट्यांकर चालकले विभिन्न वहानामा भारतीय सुरक्षाकर्मीको ज्यादती खेप्नु परिरहेको गुनासो गरे । ‘हामी ट्यांकर लिएर नेपालबाट भारतको बरौनी सम्म इन्धन लिन पुग्छौं,’ उनले भने, ‘विभिन्न बहानामा ठाउँ ठाउँमा भारतीय सुरक्षाकर्मीबाट दुरव्यवहार र कुटपिट खेप्नु परिरहेको छ ।’

कुटपिटको विरोधमा आक्रोसित बनेका चालकको आन्दोलनका कारण बरौनीबाट हुने पेट्रोल, डिजेल समेतका इन्धनको ढुवानी रोकिएको छ । आक्रोसित बनेका चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनु पर्ने, नेपाली ट्यांकर चालकमाथिको दुरव्यवहार रोकिनु पर्ने, चालकको सुरक्षाको ग्यारेन्टी हुनु पर्ने, जतिबेलै जाम भइरहेको सडकको विकल्प खोजिनु पर्ने लगायतका माग राखेका छन् ।

अध्यक्ष आचार्यले चालकलाई निर्वाध रुपमा इन्धन ढुवानी गर्ने वातावरण नबनुन्जेल सम्म इन्धन ढुवानी बन्द गरिने बताए । उनका अनुसार चालकको आन्दोलनका कारण नेपालबाट बरौनी डिपो सम्म इन्धन लिनका लागि पुगेका एक सय ७० वटा ट्यांकर भारतको बथनाहा, मीरगन्ज र जोगवनीमा थन्किएका छन् । आन्दोलित चालकहरुले नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगर स्थित डिपोबाट समेत पेट्रोल पम्पसम्म इन्धन लोड अनलोड ठप्प पारेका छन् ।

पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले भारतीय सुरक्षाकर्मीबाट दुरव्यवहार र कुटपिट भएको विरोधमा इन्धन ढुवानी गर्न नसकिएको जानकारी चालकहरुले गराएको बताए । ‘पटक पटक भइरहने यस्ता समस्याले नेपालमा इन्धन ढुवानीका लागि ठूलै बाधा उत्पन्न गरिरहेको हुन्छ,’ उनले भने, ‘समस्याको दीर्घकालिन समाधानका लागि तत्काल सम्बन्धीत पक्षले पहल गर्नु पर्छ ।’ निरौलाले चालकहरुले सडकको जाम नहटे सम्म र भारतीय सुरक्षाकर्मीको दुरव्यवहार नरोकिए सम्म इन्धान ढुवानी गर्न नसकिने जानकारी गराइसकेको बताए । उनले अवको एक दिन मात्रै ढुवानी हुन नसकेमा बजारमा इन्धनको अभाव हुन थाल्ने जानकारी पनि दिए ।

नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले चालक र भारतीय सुरक्षाकर्मीबीच उत्पन्न विवादका बारेमा बुझ्नका लागि कार्यालयबाट प्रतिनिधी खटाइसकिएको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले चालकहरुले यस विषयमा जानकारी गराइएको बताउँदै भने, ‘भारतीय सुरक्षाकर्मीले ज्यादती गरिरहेको भन्दै दुरव्यवहार खेप्न नसकेर चालकहरुले ढुवानी रोकेको जानकारी गराएका छन् । तत्काल पेट्रोलियम ढुवानी सूचारु गर्ने विषयमा सबै पक्षसंग छलफल गरेर समस्या समाधानको पहल भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।