२७ कार्तिक,काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरेका छन्। पदीय आचरण अनुसार काम नगरेको भन्दै मुख्यमन्त्री भट्टले सोडारीलाई बर्खास्त गरेका हुन्।
तिहारमा मन्त्रीको गाडी दुर्घटना प्रकरणमा उनको नाम मुछिएको थियो। उनीमाथि पदीय आचरण अनुसारको काम नगरेको र पार्टीको निर्देशन अवज्ञा गरेको आरोप लागेको थियो।
मन्त्री सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको स्कारपियो गाडी शुक्रबार कैलालीमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा तीन जना घाइते भएका थिए। गाडी दुर्घटना हुँदा मन्त्री सोडारी भने गाडीमा थिएनन्।
सोडारीका विषयमा धेरै गुनासा आउन थालेपछि प्रदेश इन्चार्ज भीम रावलले मुख्यमन्त्री भट्टलाई सोडारीलाई हटाउन निर्देशन दिएको स्रोतले दाबी गरेको छ। मुख्यमन्त्री भट्टले सोडारीको कार्यशैली सन्तोषजनक नभएको, सामाजिक विकास मन्त्रालयमा फजुल खर्च भएको जनगुनासो लगायत कारणले पदमुक्त गरेको बुझिएको छ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र