सूर्य उपासनाको महान् पर्व “छठ” अाजबाट सुरु !

सूर्यको उपासना गर्दै विशेष गरी तराई-मधेशमा मनाइने छठ पर्व विधिवत् रूपमा आइतबार सुरु भएको छ।

10741919866_d2f78b81a9_b

चार दिनसम्म मनाइने छठको पहिलो दिन आज अरबा-अरबाइन गरिन्छ, जसलाई नहाय-खाय पनि भन्ने गरिन्छ।

व्रतालुले अाज शुद्ध शाकाहारी भोजन गर्छन् भने घरघरमा माछामासु लसुन, प्याज, कोदो, मसुर लगायत वस्तु निषेध गर्छन्।

दोस्रो दिन खरना गरिन्छ भने तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ।

छठ पर्वका बेला गरिने सूर्य उपासनाले सन्तान सुख, निरोगी, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ।

साथै छठ पर्वलाई सत्य र अहिंसाको भावना वृद्धि तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा पनि लिइन्छ।

सूर्यलाई आदि देवता पनि भनिन्छ। मानव मात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्र्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ।

पहिले तराई क्षेत्रमा मात्र मनाइने छठ विस्तारै काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि फैलँदै गएको छ।

छठ पर्वका लागि अहिले मिथिला क्षेत्र, जनकपुर, विराटनगर, वीरगञ्ज लगायतका स्थानमा नदी ताल तलैया दुलही झैं सिंगारिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा