पीपीएलको फाइनलमा पोखरा र चितवन भिड्ने

 पोखरा प्रिमियर लिग (पीपीएल) को इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन राइनोज फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं रोयल्सले दिएको ९५ रनको लक्ष्य पछ्याएको चितवनले १८.२ ओभर खेल्दै ४ विकेट गुुमाएर लक्ष्य पूरा गर्यो ।

चितवनको जितका लागि चौथो र पाँचौं नम्बरमा मैदान छिरेका स्मीत पटेल र आरिफ शेखले ५७ रनको साझेदारी पारी खेलेर चितवनलाई जितनजिक पुुर्याएका थिए । चौथो विकेटका रुपमा स्मीत पटेल आउट भएपछि मैदान प्रवेश गरेका सन्नी पटेलले १८ ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै खेल जिताएका हुुन् ।

चितवनको जितका लागि स्मीत पटेलले सर्वाधिक ३८ रन बनाए । उनले ४३ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ३८ रन बनाए भने उनलाई साथ दिएका आरिफ शेखले २० रन बनाए ।

त्यस्तै, चितवका लागि ओपनिङ ब्याट्सम्यान हरिशंकर शाहले अग्रपंतिmलाई सम्हाल्दै २६ रन बनाएका थिए । चितवनविरुद्ध दोस्रो ओभरको पहिलो बलमा भरपर्दा ओपनिङ ब्याट्सम्यान अनिल कुुमार शाह १ रनमा आउट भए भने ४.१ ओभरमा तेस्रो स्थानमा मैदान प्रवेश गरेका कप्तान पारस खड्का २ रनमा आउट भएका थिए । तेस्रो विकेटका रुपमा ओपनिङ ब्याट्सम्यान हरिशंकर शाह पवेलियन फर्किएका थिए ।

चौथो र पाँचौं विकेटका रुपमा स्मीत पटेल र आरिफ शेखले मैदान प्रवेश गरेका थिए । चितवनविरुद्ध काठमाडौंका सुुसान भारीले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिए भने पवन शराफले एक विकेट लिए ।
यसअघि पहिलो इनिङ्समा टस जितेर ब्याटिङ गरेको काठमाडौं रोयल्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन बनाएर चितवनाई ९५ रनको लक्ष्य दिएको थियो ।

काठमाडौंका लागि छैठौं विकेटका रुपमा मैदान प्रवेश गरेका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । त्यस्तै, काठमाडौंका लागि ओपनिङ ब्याट्सम्यान जयकिसन कोल्सावालले २५ रन बनाएका थिए भने कप्तान मल्ल र कोल्सावालले ३८ रनको साझेदारी खेले ।

त्यस्तै, दोस्रो ओभरमा बलिङमा आएका सन्नी पटेलले ९ रन बनाएर खेलिरहेका अमित श्रेष्ठ पहिलो बलमा विकेट लिए भने दोस्रो बलमा पवन शराफ शून्यमा आउट गराउँदा छैटौं बलमा १ रन बनाएका गौरव तोमरलाई पवेलियन फर्काएका थिए ।
काठमाडौंका ब्याट्सम्यान मल्ल र कोल्सावाला बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । त्यस्तै, काठमाडौंलाई सस्तैमा समेट्न चितवनका सन्नी पटेलले सर्वाधिक ३ विकेट लिए भने भुुवन कार्की र स्मीत पटेलले समान २—२ विकेट लिए । कप्तान पारस खड्काले १ विकेट लिए ।

जितसँगै चितवन राइनोज मंगलबार हुुने फाइनल खेलमा पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नछ । पोखरा पल्टन समूह चरणको शीर्ष स्थानमा रहँदै शनिबार नै फाइनल प्रवेश गरिसकेको छ । सर्वाधिक पुरस्कार राशीको पीपीएलको विजेता टोलीले २७ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति