पीपीएलको फाइनलमा पोखरा र चितवन भिड्ने

 पोखरा प्रिमियर लिग (पीपीएल) को इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन राइनोज फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं रोयल्सले दिएको ९५ रनको लक्ष्य पछ्याएको चितवनले १८.२ ओभर खेल्दै ४ विकेट गुुमाएर लक्ष्य पूरा गर्यो ।

चितवनको जितका लागि चौथो र पाँचौं नम्बरमा मैदान छिरेका स्मीत पटेल र आरिफ शेखले ५७ रनको साझेदारी पारी खेलेर चितवनलाई जितनजिक पुुर्याएका थिए । चौथो विकेटका रुपमा स्मीत पटेल आउट भएपछि मैदान प्रवेश गरेका सन्नी पटेलले १८ ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै खेल जिताएका हुुन् ।

चितवनको जितका लागि स्मीत पटेलले सर्वाधिक ३८ रन बनाए । उनले ४३ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ३८ रन बनाए भने उनलाई साथ दिएका आरिफ शेखले २० रन बनाए ।

त्यस्तै, चितवका लागि ओपनिङ ब्याट्सम्यान हरिशंकर शाहले अग्रपंतिmलाई सम्हाल्दै २६ रन बनाएका थिए । चितवनविरुद्ध दोस्रो ओभरको पहिलो बलमा भरपर्दा ओपनिङ ब्याट्सम्यान अनिल कुुमार शाह १ रनमा आउट भए भने ४.१ ओभरमा तेस्रो स्थानमा मैदान प्रवेश गरेका कप्तान पारस खड्का २ रनमा आउट भएका थिए । तेस्रो विकेटका रुपमा ओपनिङ ब्याट्सम्यान हरिशंकर शाह पवेलियन फर्किएका थिए ।

चौथो र पाँचौं विकेटका रुपमा स्मीत पटेल र आरिफ शेखले मैदान प्रवेश गरेका थिए । चितवनविरुद्ध काठमाडौंका सुुसान भारीले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिए भने पवन शराफले एक विकेट लिए ।
यसअघि पहिलो इनिङ्समा टस जितेर ब्याटिङ गरेको काठमाडौं रोयल्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन बनाएर चितवनाई ९५ रनको लक्ष्य दिएको थियो ।

काठमाडौंका लागि छैठौं विकेटका रुपमा मैदान प्रवेश गरेका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । त्यस्तै, काठमाडौंका लागि ओपनिङ ब्याट्सम्यान जयकिसन कोल्सावालले २५ रन बनाएका थिए भने कप्तान मल्ल र कोल्सावालले ३८ रनको साझेदारी खेले ।

त्यस्तै, दोस्रो ओभरमा बलिङमा आएका सन्नी पटेलले ९ रन बनाएर खेलिरहेका अमित श्रेष्ठ पहिलो बलमा विकेट लिए भने दोस्रो बलमा पवन शराफ शून्यमा आउट गराउँदा छैटौं बलमा १ रन बनाएका गौरव तोमरलाई पवेलियन फर्काएका थिए ।
काठमाडौंका ब्याट्सम्यान मल्ल र कोल्सावाला बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । त्यस्तै, काठमाडौंलाई सस्तैमा समेट्न चितवनका सन्नी पटेलले सर्वाधिक ३ विकेट लिए भने भुुवन कार्की र स्मीत पटेलले समान २—२ विकेट लिए । कप्तान पारस खड्काले १ विकेट लिए ।

जितसँगै चितवन राइनोज मंगलबार हुुने फाइनल खेलमा पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नछ । पोखरा पल्टन समूह चरणको शीर्ष स्थानमा रहँदै शनिबार नै फाइनल प्रवेश गरिसकेको छ । सर्वाधिक पुरस्कार राशीको पीपीएलको विजेता टोलीले २७ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको