November 4, 2018

पीपीएल : फाइनलमा पुग्न आज पारस र ज्ञानेन्द्र भिड्दै

नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा आज हुने एकमात्र प्लेअफ खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनलमा स्थान बनाउँदै उपाधिका लागि पोखरा पल्टनको सामना गर्न खेल विहान ११ बजेबाट पोखरा रंगशालामा चल्ने छ । घरेलु टोली पोखरा शीर्षस्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गर्दा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा रहँदै प्लेअफ खेल्न लागेका हुन् । समुह चरणको खेलमा चितवनले काठमाडौँलाई १३ रनले पराजित गरेको थियो ।

काठमाडौंले पहिलो खेलमा धनगढीलाई १७ रनले हराउँदा विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा चितवनसँग १३ रनले पराजित हुँदा बुटवललाई ३७ रनले हराएको थियो । तर अन्तिम खेलमा पोखरासँग ४ विकेटले पराजित हुँदै सोझै फाइनल खेल्ने मौका गुमाउन पुग्यो ।

पहिलो खेलमा बुटवलसँग ७० रनले पराजित भएको चितवन दोस्रो खेलमा पोखरासँग ५ विकेटको हार खान पुग्यो । त्यस्तै तेस्रो खेलमा धनगढीलाई १ सय २६,काठमाडौँलाई १३ रनले पराजित गर्दै खेलमा पुनरागमन गरेको चितवनले अन्तिम खेलमा विराटनगरलाई ४ विकेटले पराजित गर्दै दोस्रो स्थानमा रहेर प्ले अफ खेल्ने मौका पाएको हो ।

चितवनका सन्नी पटेल, हरिशंकर शाह र करण केसीले जारी पीपीएलमा उत्कृष्ट प्रर्दशन गरि रहेको छन् । काठमाडौँका लागि गौरव तोमर, जयकिशन कोल्सावाला, अमरसिंह राउटेला र वसन्त रेग्मी मुख्य हतियार बन्दै आएका छन् । आजको विजेता टोलीले कार्तिक २० गते हुने फाइनलमा उपाधिको लागि पोखरासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।