स्टार खेलाडी सन्दीप लामिछानेमाथि कारबाही !

 विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछाने अम्पायरसँग विवाद गरेका कारण कारवाहीमा परेका छन् । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अम्पायरको निर्णयविरुद्ध विवादमा उत्रिएका थिए । 

म्याच रेफ्रि सत्यजित सरकारले आईसीसीको नियम उल्लङघन गरेको भन्दै सन्दीपलाई एक डिमेरिट्स अंक दिएका हुन् । शनिबार चितवन राइनोजविरुद्धको खेलमा सन्दीपले अम्पायर विनयकुमार झा र संजयकान्त सिग्देलसँग पटक पटक विवादमा उत्रिएका थिए । अम्पायरको निर्णयविरुद्ध खेल भावना विपरीत कार्य गरेपछि मैदानमा उपस्थित समर्थकहरुले पनि सन्दीपलाई ‘घमन्डी’ भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।

विराटनगरकै किशोर महतो र चितवनका सन्नी पटेललाई पनि अम्पायरसँग विवाद गरेका कारण कारवाही गरिएको छ । फिल्ड अम्पायर विनयकुमार झा, संजयकुमार सिंग्देल र टिभी अम्पायर संजय गुरुङले तीन खेलाडीले अनुशासनविरुद्ध काम गरेको बताएका थिए । 
चितवन राइनोजविरुद्धकै खेलमा अम्पायरसँग विवाद गरेका कारण काठमाडौं रोयल्सका अमरसिंह राउटेलालाई एक डिमेरिट्स अंक दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।