नेयमारविरुद्ध मुद्दा , ६ वर्ष जेल सजाय हुनसक्ने !

स्पेनको अदालतले ब्राजिलियर सुपरस्टार फुटबल खेलाडी नेयमारविरुद्ध भ्रष्टाचार र धोकेबाजीको मुद्दालाई तीन न्यायाधीशको ठूलो इजलासमा पठाउने निर्णय गरेको छ । यदि नेयमारविरुद्ध यी आरोप प्रमाणित भएमा उनलाई ४ देखि ६ वर्षसम्मको जेल सजाय हुनेछ । यदि यो सजाय पाएमा नेयमारले रोनाल्डो र मेस्सीलेजस्तो जरिवाना तिरेर छुट पाउनेछैनन् । 

यसअघि पोर्चुगलका सुपरस्टार फुटबलर क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनेल मेस्सीमाथि पनि कर छलीको आरोप लागेको थियो । उनहिरुलाई २ वर्षभन्दा कम सजाय तोकिएकोले उनीहरुले जरिवाना तिरेर जेल नबसी छुट पाएका थिए । तर नेयमारको हकमा भने यस्तो हुनेछेन । यहाँ २ वर्षभन्दा बढीको सजायमा जरिवाना तिरेर छुट पाइँदैन । ब्राजिलको सान्तोस क्लवबाट स्पेनको बार्सिलोना ट्रान्सफर हुँदा नेयमारले ट्रान्सफर मूल्य लुकाएको र कर छली गरेको आरोप छ । 

दावी गरिएअनुसार सान्तोसबाट बार्सिलोना आउँदा नेयमारलाई ८६.२ मिलियन युरोमा ट्रान्सफर गरिएको थियो । तर, नेयमार र क्लवले भने मात्रै ४० मिलियन युरोमा ट्रासफर भएको देखाएर कर छली गरेका थिए । यही कारण बार्सिलोनाका पूर्व अध्यक्ष जोसेफ मारिया पदबाट राजीनामा दिन बाध्य भएका थिए । ठूलो बेन्चले कहिले सुनुवाइ सुरु गर्ने भन्ने विषयमा कुनै जानकारी आएको छैन । नेयमारको तर्फबाट पनि यो विषयमा कुनै प्रतिक्रिया आएको छैन । नेयमार अहिले बार्सिलोना छाडेर फ्रान्सको क्लव पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।