नेकपा सरकार पतनको बाटोमा, प्रधानमन्त्रीको स्वभाव नै फुर्के र गफाडी : नयाँ शक्ति

नयाँ शक्ति पार्टीले नेकपा नेतृत्वको सरकार पतनको बाटोमा रहेको जनाएको छ । १५ औं संघीय बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । 

“वर्तमान नेकपा सरकारले ७ महिना अबधि पूरा गरेको छ । नयाँ संविधान जारी भएपछिको यो पहिलो निर्वाचित सरकार हो । करिब ७ दशक लामो कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीले बहुमत प्राप्त गरेको हो । संघीय समाजवादी फोरमसमेतको सहभागितामा सरकारले दुईतिहाई बहुमतको हैसियत प्राप्त गरेको छ । तसर्थ यो सरकार विल्कुलै राजनीतिक सहजताको अवस्थामा छ । यदि सरकारसंग केही गर्ने दुरदृष्टि, सोच र इच्छाशक्ति हुने हो भने यो सरकारलाई ऐतिहासिक महत्वका जनमुखी काम गर्नबाट कसैले रोक्न–छेक्न सक्ने ठाउँ थिएन–छैन,” प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी प्रतिवेदनमा नेकपाप्रतिको भ्रम पनि निरन्तर टुट्दै गएको उल्लेख गरिएको छ ।

“प्रारम्भमा यो सरकारप्रति जनताको केही आशा–अपेक्षा थियो । आफूलाई कम्युनिष्ट, सर्वहारावादी, जनवादी,गरिबमुखी, समाजवादी, साम्यवादी आदिइत्यादि भन्न रुचाउनेहरुको पहिलो बहुमतको सरकार बन्दा साँच्चै केही हुन्छ कि भन्ने आशा सर्वसाधारणमा जाग्रित हुनु अस्वभाविक थिएन । हाम्रो पार्टीलाई राम्रोसंग थाहा थियो कि यिनीहरु भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट सगल्तो देखिएका मात्र हुन् । यिनीहरुले जनसमुदायमा भ्रम छर्न र भोट प्राप्त गर्न सके पनि देशको दीर्घकालीन हित र भविष्यका लागि कुनै सार्थक योगदान गर्न सक्ने छैनन् । हाम्रो पार्टीको आकलन निरन्तर सही सावित हुँदैछ । जनसमुदायमा नेकपाप्रतिको भ्रम निरन्तर टुट्दै गइरहेको छ,” प्रतिवेदनमा भनिएको छ ।

“नेकपा सरकार जनअपेक्षा अनुरुप कार्य गर्न असफल भएको मात्र हैन, उल्टो आफै अकर्मण्यता, भ्रष्टता र यथास्थितिवादको दलदलमा फस्दै गएको छ । दुईतिहाईको दंभमा भएका अबान्छित प्रयत्नहरु बारम्बार असफल भएपछि सरकार आफ्नै नेता–कार्यकर्ताबाट आलोचित हुन थालेको छ । नेकपाभित्रको गुटबन्दी र स्वार्थसमूहहरुको टक्कर झनझन नाङ्गो हुँदैछ । उनीहरु सत्तास्वार्थका लागि जेपनि गर्न सक्ने राजनीतिक दलालको रुपमा प्रस्तुत हुन थालेका छन् । लोकतन्त्रका सामान्य मूल्यमान्यता र मर्यादालाई समेत ख्याल नगरीकन नेकपा सरकार पतनको बाटो उदत्त भएको छ,” प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा प्रधानमन्त्रीको स्वभाव नै फुर्के र गफाडी भएको उल्लेख  छ ।

“प्रधानमन्त्रीको स्वभाव नै फुर्के, गफाडी, अनुत्तरदायी र दंभी देखिएको छ । अनेक बिङ्गा र उखानटुक्का भनेर जनतालाई भ्रमित गर्न सक्नु नै राजनीतिक कौशल हो भन्ने मनोबैज्ञानिक भ्रमबाट उनी ग्रसित देखिन्छन् । घरघरमा ग्याँस पाइप पु¥याउने योजना उनी दुईचार घरको गोबरग्याँस उद्घाटन गरेर तुष्टिकरण गर्दैछन् । केरुङ्ग–काठमाण्डौं–लुम्बिनी रेलवेको बचन उनी फेसबुकमा जयनगर–जनकपुर रेलवेको फोटो पोष्ट गरेर भुलाउन खोज्दैछन् । पुषदेखि हनुमाननगरबाट चल्ने पानीजहाजको टिकट सायद प्रधानमन्त्रीकै सपनामा बुकिङ्ग हुँदैछ । यी सबै घटनाक्रमले के पुष्टि गर्दछ भने नेकपा अधपतनको संघारमा अधमरो उभिएको छ । यो पार्टी र सरकारबाट नेपालको समृद्धीकरण र अग्रगामी रुपान्तरणको नेतृत्व हुने कुनै सम्भावना बाँकी छैन । भ्रष्ट र विकृत आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिज्म)को भित्री सारलाई ‘कम्युनिष्ट’ पार्टीको बाहिरी आवरणले छोपेर त्यो लामो समय टिक्ने कुरै हुँदैन,” प्रतिवेदनमा भनिएको छ । 

नयाँ शक्तिले कांग्रेसले प्रतिपक्षको धर्म निर्वाह गर्न पटक्कै नसकेको उल्लेख छ ।

“अर्कोतिर नेपाली कांग्रेसले प्रतिपक्षी धर्म निर्वाह गर्न पटक्कै सकेको छैन । नेकपा सरकारको असफलताबाट अर्को चुनावमा स्वतः सरकारमा फर्किने मुख मिठ्याएर बसेको छ । नयाँ शक्ति पार्टी नेपालले जनसुमादायमा यो कुरा तीव्र र आक्रमण संप्रेषण गर्न जरुरी छ कि अब कांग्रेसको बिकल्प कम्युनिष्ट, कम्युनिष्टको बिकल्प कांग्रेस हुनै सक्दैन । यी दुबै परम्परावादी दलहरु एउटै सिक्काको दुईटा पाटो मात्र हुन । इतिहास र पृष्ठभूमिको थोरै भिन्नता भए पनि यी पार्टीहरु बीच नीति, सिद्धान्त, विचार र कार्यशैलीको कुनै भिन्नता छैन । दुबैले देशमा मौलाउँदै गएको आसेपासे पुँजीवादलाई मलजल गर्ने र त्यसबाट निजी र दलगत लाभ लिने तथा देश र जनतालाई कंगाल पार्ने काम मात्र गरिरहेछन् । मधेसी दलहरुले पनि जनता र राष्ट्रका एजेण्डा छोडेर सत्तास्वार्थको दौडमा सामेल भएका छन्,” प्रतिवेदनमा भनिएको छ ।

यस्तो छ प्रतिवेदन :-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै