बुटवलमा शनिवार सन्देशसभा गर्दै नेकपा, प्रधानमन्त्री ओली र प्रचण्ड आउने प्रचारप्रसार

नेकपा रूपन्देहीले विजयादशमी, दिपावली तथा छठ पर्वको अवसर पारेर कात्तिक १७ गते शनिवार शुभकामना आदानप्रदान तथा सन्देशसभा कार्यक्रम गर्दैछ ।

कार्यक्रममा पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव तथा रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेल आउने कार्यक्रम तय गरिएको छ । तर, प्रधानमन्त्री ओली बिरामी भएर अस्पताल भर्ना भएपनि आयोजक नेकपा रूपन्देहीले आउने दाबी गरेको छ । बिरामी ओलीको अस्पतालमा उपचार भइरहेको र अस्पतालबाट कहिले ‘डिस्चार्ज’ हुने अझै टुंगो लागेको छैन ।

पार्टी कार्यदलका सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सन्देश सभामा १ लाख कार्यकता सहभागी हुने दाबी गरे । सुवेदीले भने, ‘स्थानीय तहबाट ६० हजार र आसपासका जिल्लाबाट करीब ४० हजार गरी करीब १ लाखको नेता कार्यकर्ता सहभागी हुनेछन् ।’ नेकपाले जिल्लाका १६ वटै स्थानीय तहमा समिति गठन गरी प्रचारप्रसार र कार्यकर्ता परिचालन गरेको छ ।

सबै स्थानीय तहले कम्तीमा ५ हजारदेखि २० हजारसम्म कार्यकर्ता उतार्ने तयारी छ । सन्देश सभाको तयारी तीव्र पारिएको छ । कार्यक्रम बुटवल–१० स्थित बुटवल मण्डपको खुला ठाउँमा दिउँसो १२ बजेदेखि शुरू हुनेछ ।

नेकपाका नेता तथा ५ नम्बर प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले सभालाई ऐतिहासिक बनाउन सबैलाई सहयोगका लागि आग्रह गरे । नेकपा नेता तथा प्रदेशसभा सदस्य सांसद सदस्य दधिराम न्यौपानेले नेकपाका लागि शुभकामना सन्देश कार्यक्रम ऐतिहासिक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र