पीपीए : काठमाडौं रोयल्सद्वारा विराटनगर टाइटन्स ५ विकेटले पराजित

पोखरा प्रिमियर लिगमा लगातार तेस्रो खेलमा हार बेहोरेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स प्रतियोगिताबाट लगभग बाहिरिएको छ।

सोमबार बिहान पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा विराटनगरलाई ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सले ५ विकेटले पराजित गरेको हो। 

यसअघि विराटनगर घरेलु टोली पोखरा पल्टन र धनगढी ब्लुजसँग पराजित भएको थियो। प्रतियोगितामा रहिरहन अब उसले बाँकी दुई खेलमा जित निकाल्दै अन्य टोलीको नतिजामा भरपर्नुपर्ने स्थिती बनेको छ।

विराटनगरले दिएको एक सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौंले चार बल बाँकी छँदै ५ विकेट गुमाएर भेटायो। काठमाडौंका गौरव तोमरले ६६, अमित श्रेष्ठले ३५ रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए।

विराटनगरका सहाब अालामले २ तथा किशोर महतो, सन्दीप लामिछाने र जितेन्द्र मुखियाले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन जोडेको थियो।

ओपनर मोहम्मद जहिद आलामले ४७ बलमा ४ छक्का र ७ चौका सहित ६७ रन बनाएपछि विराटनगर सो स्कोरमा पुगेको हो। यस्तै विराटनगरका सुनिल धमला र राजेशपुलामी मगर समान ३०-३० रनमा आउट भए।

बलिङतर्फ काठमाडौंका सुशान भारी, बसन्त रेग्मी र गौरव तमोरले समान दुई दुई विकेट लिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।