नेकपाको चियापान कार्यक्रममा कुटाकुट ! (भिडियो)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा आयोजक समुह र बष्किार गर्ने समुह बिच विवाद भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली समेत अनुपस्थित रहेको कार्यक्रममा नेकपा भित्रकै चियापान वहिस्कार गर्ने समुहले कार्यक्रमस्थलमा  धमाधम बहिष्कारको पर्चा वितरण गर्न थालेपछि तनावको स्थिती सिर्जना  भएको हो । उनीहरुले वितरण गरिएको पर्चामा विभिन्न ५ बुँदे माग अघि सारिएको छ ।

बहिष्कार पक्षले जारी गरेको ५ बुँदे मागमा एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५० र ५० को समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने, सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल बनाउनुपर्ने, नेकपा केन्द्रीय कार्यसमिति हचुवाको भरमा बनेको हुँदा तत्काल विघटन गर्नुपर्ने र जनजीविकाको सवालमा कदम चाल्दै सुशासन कायम गर्न माग अघि सारिएको छ।

कार्यक्रम बहिष्कारको माग अगाडि सारेको भन्दै आयोजक नेकपाका कार्यकर्ताले कुटेपिट गरेको भिडियोमा कैद भएको छ। नेकपा कार्यकर्ता बिच झगडा भैरहका बैला नेपाल लाइभले कैद गरेले यो दृश्य हेर्नुहोस् :-

काठमाडौंको भृकुटीमण्डपमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष पुष्प कमल दाहाल र अन्य बरिष्ट नेताहरु भने उपस्थित थिए। अस्वस्थ भएका कारण प्रधानमन्त्री ओली चियापान कार्यक्रममा सहभागि नभएको बताइएको छ। 

दशै तिहार र छठ पर्वको अवसरमा  नेकपाले चियापान कार्यक्रमको आयोजना गरेको हो। चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष  प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको दावी गरे।

उनले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सर्न्दभमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको बताए। चियापान समारोहमा नेताहरु बरिष्ट नेता माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा