काठमाडौं रोयल्सद्वारा धनगढी ब्लुज पराजित

गौरव तोमरको आक्रमक ब्याटिङप्रेरित काठमाडौं रोयल्सले शनिबार नमस्ते प्रिमियर लिगमा धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको छ ।

उत्तर प्रदेशका खेलाडी तोमरले ४४ बलमा ४ चौका र १० छक्का हान्दै ९५ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा १ सय ८० रन बनाएको थियो । १ सय ८१ रनको लक्ष्य पछ्याएको धनगढीले ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो ।

पोखरा रंगशालामा पहिलो ब्याटिङ गरेको काठमाडौंले मध्यम शुरुआत गरेको थियो । ओपनर अमित श्रेष्ठ पाँचौं ओभरमा १२ रन बनाएर पवेलियन फर्किए । अमितसँग पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेका तोमरले दोस्रो विकेटका लागि जयकिशन कोल्सावालसँग ५१ रनको साझेदारी गरे । त्यस्तै उनले नरेश बुढायरसँग तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै काठमाडौंलाई सम्मानजनकतर्फ डोहोर्याएका थिए । प्रतियोगितामा अर्धशतक पूरा गर्ने उनी दोस्रा ब्याट्सम्यान हुन् । यसअघि पोखरा पल्टनका आशिफ शेखले ५२ रन बनाएका थिए । यससँगै उनी एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बनेका छन् । तोमरलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए । नरेश बुढायर ३६ रनमा अविजित रहे । धनगढीका दीपेन्द्रसिंह ऐरी, सौरभ ढकाल र पिटर ट्रेगोले १/१ विकेट लिए । 

१ सय ८१ रनको लक्ष्य पछ्याएको धनढीका कप्तान दीपेन्द्रसिंह ऐरीबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । ऐरीले ५४ रन बनाए । ४२ बलमा ३ चौका र ३ छक्का हानेका दीपेन्द्रसिंह प्रतियोगितामा अर्धशतक पुरा गर्ने तेस्रो खेलाडी बने । धनगढीका लागि सन्दीप जोराले २७, ट्रोगोले १९, सौरभ खनालले १७ तथा सन्दीप सुनारले ११ तथा दीलिप नाथले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

काठमाडौंका अमरसिंह रौटेला, शुसन भारी र बसन्त रेग्मीले समान २ विकेट लिँदा नन्दन यादव र तोमरको नाममा १÷१ विकेट रह्यो । धनगढीले आइतबार विराटनगर टाइटन्सविरुद्ध खेल्नेछ । काठमाडौंले पनि सोमबार विराटनगर टाइटन्सविरुद्ध नै खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति