पोखराद्वारा विराटनगरलाई १९८ रनको लक्ष्य प्रस्तुत

 सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टनका विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै उत्कृष्ट फिनिसिङ गरेका छन् । विराटनगर टाइटन्स विरुद्ध विनोद भण्डारीले ११ बलमा ४१ रन बनाए ।

उनले ५ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाएका हुन् । विनोदको ब्याटिङसँगै पोखराले विराटनगरसामु १९८ रनको लक्ष्य प्रस्तुत गरको छ ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा पोखराले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १९७ रन बनाएको हो । पोखराका लागि १९७ रन बनाउन आसिफ शेखले अर्धशतक पूरा गरे । उनले एक छक्का र ५ चौका प्रहार गर्दै ५२ रन बनाए भने भारतीय खेलाडी रवि इन्दर सिंहले ४ छक्का र २ चौका प्रहार गर्दै ४४ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले ३८ रन बनाउँदा शरद भेषवाकरले नआउट रहे ७ रन बनाए ।

त्यस्तै, टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको विराटनगरले पोखरा पल्टनलाई १९७ रनमा रोक्न कप्तान सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २ विकट लिए भने साहब आलमले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।