नेपालको सानदार प्रदर्शन, माल्दिभ्स ४-० ले पराजित

काठमाडौंमा जारी दोस्रो संस्करणको साफ यु–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले सानदार सुरूवात गरेको छ।

शुक्रबार ललितपुरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराउँदै प्रतियोगितामा सानदार सुरूवात गरेको हो।

घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य लिएको नेपालको जितमा  जान लिम्बु, नामेश थापामगर, शशांक बोहोरा र दिपेश राईले गोल गरे।

खेलको २८औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको नेपालले पहिलो हाफमा २ गोल गरेको थियो।

माल्दिभ्सका डिफेण्डरले डिबक्सभित्र नेपाली खेलाडीलाई फल गरेपछि नपाएको पेनाल्टीलाई जान लिम्बुले गोलमा परिणत गर्दै सुरूवाती अग्रता दिलाएका थिए।

३५औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। नामस थापामगरले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गर्दै नेपाललाई पहिलो हाफमा २-० को अग्रता दिलाए।

दोस्रो हाफमा थप आक्रमक भएको नेपालले २ गोल गर्‍यो। दोस्रो हाफमा शंशांक बोहोराले तेस्रो गोल गरे भने खेलको ६८ औं मिनेटमा दिपेश राईले गोल गर्दै नेपालको अग्रता ४-० मा पुर्‍याए। यसपछि दुबै तर्फबाट गोल भएन र खेल नेपालले ४-० ले जित्यो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।